PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गोमा एयर दुर्घटना : जीवितै उद्दार गरिएको को-पाइलटको मृत्यु



पहिलोपोस्ट

गोमा एयर दुर्घटना : जीवितै उद्दार गरिएको को-पाइलटको मृत्यु

शनिबार भएको गोमा एयरको विमान दुर्घटनामा घाइते भएका को पाइलटको पनि उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटना पश्चात जीवितै उद्दार गरिएपनि गम्भिर घाइते भएका को पाइलट सृजन मान्नधरको उपचार गर्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिए।

त्यसअघि जीवितै उद्दार गरिएका पाइटल पारशकुमार राईको पनि उपचारकै क्रमम मृत्य भएको हो।

मौसम खराबीका कारण घाइतेलाई समयमै काठमाडौं ल्याउन नसकिएपछि स्थानीय अस्पतालमै उनीहरुको उपचार गरिएको थियो।

एयर होस्टेजको अवस्था भने केही सन्तोषजनक रहेको छ।

दिउँसो १:३० बजे काठमाडौंबाट कार्गो लिएर उडेको विमान लुक्ला विमानस्थल नजिकै दुर्घटना भएको हो।

परिचालिकालाई आधा घन्टाअघि नै उद्दार गरिए पनि पाइलटहरुलाई भने त्यसको आधा घन्टापछिमात्र उद्दार गरिएको थियो। भिरमा रहेका कारण उद्दार गर्न कठिन थियो।

विमानमा तीनजना चालक दलका सदस्यमात्र थिए। एयर होस्टेज प्रज्ञा महर्जनको उपचार भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell