PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अर्धकट्टीसहितको मतपत्र भेटिएपछि भरतपुर महानगरको मतगणना रोकियो



पहिलोपोस्ट

अर्धकट्टीसहितको मतपत्र भेटिएपछि भरतपुर महानगरको मतगणना रोकियो

  • राजेन्द्र आचार्य

भरतपुर : भरतपुर महानगरपालिकाको वडा नम्वर १७ मा मत गणना गर्ने क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ।

शनिबार बिहान ७ बजेदेखि मतगणना अबरुद्ध बनेको हो। मतणना भईरहेका बेला १ सय २५ प्रति मतपत्र अर्धकट्टिसहित फेला परेको र सो मतपत्रमा सुर्यमा छाप लगार्इएको भेटिएको छ।

जसका कारण अहिले भरतपुरको मतगणना स्थलको माहाेल तनावग्रस्त रहेको छ। मतगणना स्थगित भएपछि विवाद मिलाउने प्रयास भइरहेको छ।

अब भरतपुर महानगरमा ६ वटा वडामा मतगणना हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell