PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भरतपुरको मतगणना अन्तिमतिर, अझै रेणुमाथि देवीको अग्रता १७ सय भोटको, कांग्रेस गढमा एमालेलाई बढी भोट



भरतपुरको मतगणना अन्तिमतिर, अझै रेणुमाथि देवीको अग्रता १७ सय भोटको, कांग्रेस गढमा एमालेलाई बढी भोट

  • राजेन्द्र आचार्य -
चितवन : भरतपुर महानगरपालिकाको मतगणना अन्त्यतिर लम्कँदै गर्दा कांग्रेसको गढ मानिएका वडाहरुमा समेत एमालेले बढी भोट ल्याएपछि माओवादी केन्द्र र कांग्रेस गठबन्धनका साझा उम्मेदवार रेणु दाहालमाथि एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता कायम छ। 

राति १० बजेसम्मको मतगणना अनुसार देवीले १७ सय मतले रेणुलाई पछाडि पारेका छन्। 

भरतपुर महानगरपालिकाको अब वडा नम्बर १७/१८/१९/२०/२१/२२/२३ को परिणाम आउन बाँकी छ। कांग्रेसको गढ मानिएको वडा नम्बर २३ मा एमालेले सबैभन्दा बढी मत पाएको देखिएको छ। 

वडा नम्बर २३ को गणनामा एमालेको प्यानल नै अगाडि रहेको छ। कूल मत २९८७ रहेको यस वडामा १८ सय मत गनिसक्दा देवी ज्ञवालीको ३६ हजार २४५ मत छ भने रेणु दाहालको मत ३४ हजार ४६७ छ। वडा अध्यक्षमा एमालेले ६०५ मत ल्याउँदा माओवादी केन्द्रले ३७६ र कांग्रेसले ३७९ मत ल्याएको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell