PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

औषधि गोदाममा आगलागी हुँदा करोडौंको क्षति



रासस

औषधि गोदाममा आगलागी हुँदा करोडौंको क्षति

बुटवलः बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै आठ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । 

बुटवल उपमहानगरपालिका– ६ (साविक वार्ड नं– ८) स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा मङ्गलबार मध्यराति लागेको आगो आज बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकेको हो । 

पहिलो तलाको पूर्वतर्फबाट औषधि स्टोरमा लागेको आगो चौथो तलासम्म पुगेको थियो । आगालागीबाट सम्पूर्ण औषधि जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell