PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वालिङमा जिप दुर्घटना, एक  जनाको मृत्यु



रासस

वालिङमा जिप दुर्घटना, एक  जनाको मृत्यु

वालिङः स्याङ्जाको वालिङमा आइतबार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वालिङको पेखु ठानाबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ५४१६ नम्बरको जिप दुर्घटना हुँदा  २५ वर्षीया सानु खाँडको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भिर घाइते भएका वालिङकी निशा खवास र चापाकोटकी पूजासिंह ठकुरी घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । राति परेको पानीका कारण कच्ची सडकमा चिप्लिएर जिप करिव २५ मिटर तल खसेको थियो । रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell