PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

रवीन्द्र मिश्रको राजीनामापछि रिक्त बीबीसी नेपाली सेवामा नयाँ प्रमुख छानिए


रवीन्द्र मिश्रको राजीनामापछि रिक्त बीबीसी नेपाली सेवामा नयाँ प्रमुख छानिए
काठमाडौँ : रवीन्द्र मिश्रले राजीनामा दिएपछि खाली रहेको बीबीसी नेपाली सेवामा नयाँ प्रमुख छानिएका छन्। 

बीबीसीको लन्डनस्थित हेडक्वार्टरले नयाँ प्रमुखका लागि आह्वान गरेको आवेदन मध्येबाट जितेन्द्र राउतलाई छनौट गरेको हो। 

राउत यसअघि बीबीसीमा वरिष्ठ कार्यक्रम उत्पादक थिए। मिश्रले राजीनामा दिएपछि कार्यवाहकका रुपमा राउतलाई नै जिम्मेवारी दिइएको थियो। 

सन् २००६ देखि बीबीसी नेपालीको प्रमुख नियुक्त भएका मिश्रले राजनीतिमा लाग्न तीन महिनाअघि राजीनामा दिएका थिए। 

त्यसअघि खगेन्द्र नेपाली बीबीसी नेपालीका प्रमुख थिए। 

 


रवीन्द्र मिश्रको राजीनामापछि रिक्त बीबीसी नेपाली सेवामा नयाँ प्रमुख छानिए को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट