PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने



पहिलोपोस्ट

नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने
फाइल फोटो

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले छिमेकी भारतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

एएफसी एसिया कप-२०१९ को क्वालिफायर्सको तयारीमा रहेका नेपाल र भारतबीच आगामी जुन ६ मा खेल हुन लागेको हो।

भारतले जुन ७ मा लेवनानसँग तय भएको मैत्रीपूर्ण खेल रद्ध भएको थियो।

नेपालले क्वालिफायर्स अन्तर्गत समूह चरणको दोस्रो खेल जुन १३ मा घरेलु मैदानमा खेल्दैछ। जसका लागि मुख्य प्रशिक्षक ग्यातोकु कोजीले नेपाली टोलीको प्रशिक्षण शुरु गरिसकेका छन्।

क्वालिफायर्सको समूह एफमा रहेको नेपाल पहिलो खेलमा फिलिपन्ससँग ४-१ ले पराजित भएको थियो भने यमनले ताजिकिस्तानलाई २-१ ले हराएको थियो।

यता पहिलो खेलमा म्यानमारलाई १-० ले हराएको भारतले जुन १३ मै किर्गिस्तानसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell