PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बन्द बाकसमा प्रचण्ड सपना (टिप्पणी)



सूर्य खड्का

बन्द बाकसमा प्रचण्ड सपना (टिप्पणी)

केन्द्रीय राजनीतिमा माओवादी अध्यक्ष तथा सत्ता नेतृत्वबाट बिदा लिँदै गरेका प्रधानमन्त्री प्रचण्डको जुन प्रभाव र रवाफ छ, त्यतिकै प्रभाव उनको राजधानी शहर काठमाडौंमा छैन। पछिल्ला चुनावी परिणामहरुले काठमाडौं भ्याली माओवादी खालीको सबक सिकाएकै हुन प्रचण्डलाई। पार्टीलाई बलियो संगठन र जनाधारमा आधारित बनाउन नसकेका प्रचण्डका लागि राजनीतिक मैदान राजधानी हुन नसकेपछि उनी हानिए चितवनतिर । 

उसो त चितवन उनको जन्मभूमि र प्रारभ्भिक जीवनकालको कर्म भूमि पनि हो। उनी कृषि क्याम्पसका पूर्व विद्यार्थी र केही कालमा राजनीतिक गुरु पनि चितवनकै माटोमा भएका थिए। चितवनमा उनी प्रचण्डका रुपमा नउदाउँदासम्म थिए- मात्रै छबीलाल दाहाल, एक उम्दा महत्त्वकांक्षी बामपन्थी। जसै उनको बाम राजनीति उकालो लाग्दै गयो उनी छबीलाल बाट प्रचण्ड बन्दै जादा उनी चितवनबाट टाढिँदै गए।

नयाँ संविधान अनुसार देशलाई पहिलोपटक निर्वाचित स्थानीय तहमा रुपान्तरित गर्ने युगिन कार्यभार पूरा गर्दैगर्दा भने उनले घुमिफिरी रुम्जाटार भने झैं आफ्नो राजनीतिक र रणनीतिक भूमिका रुपमा चितवनलाई नै रोजे। पहिलो चरणको स्थानीय तह निर्वाचनमा उनले आफै चुनाव लड्ने सम्भावना थिएन। त्यसैले उनले सहोदर छोरी र माओवादी आन्दोलन तथा पार्टीकी सबैभन्दा सरल, निष्ठावान र लाभको पद नलिएकी रेणुलाई भरतपुरको मेयरका लागि चुने। 

उनले अप्राकृतिक लाग्ने तालमेल गरेर कांग्रेस समेतको समर्थनमा रेणुलाई पहिलो पटक महानगर बनेको भरतपुरको मेयरमा विराजमान गराउन सकेको सबै हतकण्डा प्रयोग गरेका छन्। आफैँले उपमेयरमा पहिलो पटक रुखमा मतदान गरेर दुर्लभ इतिहास रचेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई रेणुका पक्षमा आमसभाबाटै मत माग्न लगाएर ठूलो राजनीतिक लबिङ पनि गरेका छन्।

बामपन्थीहरुको पनि कडा प्रभाव रहेको र प्रजातान्त्रिक कांग्रेसको पनि उत्तिकै ऐतिहासिक महत्वको चितवन क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डले रणनीतिक रुपमा आफ्नो निर्वाचन क्षेत्र सुरक्षाको पूर्वअभ्यासमा रेणुलाई मेयरमा आसिन गराउन चाहेका हुन् भन्ने तथ्य ओपन सेक्रेट हो।
प्रचण्डकी छोरी हुनुका नाताले मात्रै रेणु मेयरकी दाबेदार बनेकी पनि हैनन्। उनी भरतपुरकी मेयरमा विराजमान हुन सक्ने राजनीतिक ल्याकतकी दाबेदार हुन  नै।

तर आइतवारको शान्तिपूर्ण मतदानसँगै मतपेटिकका बाकसहरुमा कैद भइसकेको भरतपुरवासीको मतादेशले प्रचण्डको राजनीतिक भूमिलाई स्वीकृत गरेको होला त<  यो प्रश्नको जवाफ मतगणनाको अन्तिम परिणाम नआउँदासम्म निकै कौतहुलपूर्ण भइरहनेछ। किन भने भरतपुरवासीको रोजाइमा रेणु यदि मेयरमा छानिएकी रहिनछिन् भने त्यसको सिधा ठक्कर प्रचण्डको राजनीतिक खप्परमा नयाँ ब्रेक हुनेछ। त्यसैले त यो मेयरको चुनाव रेणु र माओवादी केन्द्रका लागि अवसर हो भने शक्ति परीक्षा प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक करिअर र व्यक्तित्वकै पनि हो।

प्रधानमन्त्रीका रुपमा सक्दो धेरै बजेट चितवनमा दिएर होस वा सत्तासहयात्री कांग्रेसको समर्थन जुटाएर रेणुको पक्षमा पल्लाभारी गर्न व्यस्त रहेका प्रधानमन्त्री मतदान अघिको अघिल्लो रात सपरिवार भरतपुरमै बिताएर पनि भरतपुरको जीत आफ्नो प्रतिष्ठाको लडाइ भएको पुष्टि गरिसकेका छन्। मुख्य विपक्षी एमालेले भरतपुरमा आफू जित्न भन्दा पनि ज्यादा रेणुलाई हराउन गरेको शक्ति खर्चका बीच पनि प्रचण्ड रेणुको जीतमा आफ्नो राजनीतिक कर्मभूमिको रणनीतिक जीतको सपना देखिरहेकै होलान्। तर प्रचण्ड सपनालाई भरतपुरका सचेत मतदाताले बन्द बाकसमा सदर वा बदर के गरेका होलान् त< बन्द मतपेटिकाका बाकसहरु खुल्दै जाँदा प्रचण्ड सपनाहरुको पनि तथ्योद्घाटन हुँदै जाला।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell