PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गोकर्णेश्वरमा मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु



पहिलोपोस्ट

गोकर्णेश्वरमा मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

काठमाडौँ :  काठमाडौंको गोकर्णेश्वरमा मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित सानो चिलाउनेमा गएराति १ बजे बा ७६ प ४६९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिव २ सय ५० मिटर तल खस्दा १ जनाको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाईकल पछाडि सवार गोकर्णेश्वर नगरपालिका ८ का २४ बर्षीय प्रदीप खत्रीको मृत्यु भएको हो। खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell