PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मतदाता परिचयपत्र छैन? पख्नुस् मत हाल्न यी छन् उपाय



पहिलोपोस्ट

मतदाता परिचयपत्र छैन? पख्नुस् मत हाल्न यी छन् उपाय

काठमाडौं : मतदाता नामावलीमा नाम भएका तर परिचय पत्र नपाएका मतदाताले भोट हाल्न बन्चित हुन नपर्ने भएको छ।

सरकारी निकायबाट जारी गरिएको फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न पाउने निर्णयमा निर्वाचन आयोग पुगेपछि मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने अवस्था आएको हो। मतदाता परिचय पत्र सबैको हातमा पुर्याउन नसक्ने अवस्था भएपछि आयोगले एक दिनअघि यस्तो निर्णय गरेको हो। 

आयोगको निर्णय अनुसार नेपाल सरकारका निकायबाट जारी भएका प्रमाणपत्र, नागरिकता, सवाली चालक अनुमति पत्र, २०७० सालमा आयोगले जारी गरेको मतदाता परिचयपत्र, राहदानी, जग्गा धनी प्रमाणपत्र तथा अन्य सरकारी निकायबाट जारी भएका फोटो सहितका परिचयपत्र हुनेले मतदान गर्न पाउने छन्। 
 
'स्थानीय तहको निर्वाचन, २०७४ प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको हो। साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटी पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ । 

यस सम्बन्धमा थप बुझ्नु परेमा आयोगको टोल फ्रि नम्बर १६६००१४४२२२ मा सम्पर्क गरी जानकारी लिन सकिने आयोगले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell