PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कस्तो अवस्थामा तपाईको मत खेर जान सक्छ ? जान्नुहोस यी १३ तथ्य



रमेश वाग्ले

कस्तो अवस्थामा तपाईको मत खेर जान सक्छ ? जान्नुहोस यी १३ तथ्य

काठमाडौँ : पहिलो चरणमा ३४ जिल्लामा आइतबार हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरेको छ। आयोगले सम्वन्धित मतदात केन्द्रबाट बिहीबार र शुक्रबार परिचयपत्र वितरण गरिसकेको छ। मौन अवधिको समयमा आयोगले आचारसंहिताको अनुगमन गरिरहेको छ।

निर्वाचन घोषणापछि मतादात शिक्षालाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ। गाउँ–गाउँसम्म आयोगका कर्मचारी मतादाता शिक्षा कार्यक्रम लिएर पुगेका छन्। तर, एकै मतपत्रमा ७ स्थानमा मत संकेत गर्नुपर्ने कारण स्थानीय निर्वाचनमा मत बदरको सम्भावना पनि उत्तिकै बढी छ। 

तपाईले गरेको अमूल्य एक मत बदर भयो वा गलत ढंगले तपाईले मतदान गर्नुभयो भने असल उम्मेदवार पराजित हुन सक्छ। 

हामी तपाईलाई यस्ता कारण प्रस्तुत गर्दछौँ जसकारण तपाईको मत खेर जान सक्छ। तपाईको भोट बदर हुन सक्छ।


यस्तो अवस्थामा तपाईको मत बदर हुनसक्छ

१‍. मतपत्रमा सम्बन्धित मतदान अधिकृतको हस्ताक्षर नभएमा। 
२. मतपत्रमा स्वस्तिक चिन्हको सट्टा औंठा छाप वा अन्य कुनै संकेत वा चिह्न लगाएमा।
३. मत संकेत वा चिन्ह नबुझिने गरी लतपतिएको वा मतपत्र च्यातिएको अवस्थामा। 
४. उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएमा 
५. उम्मेदवार नरहेको निर्वाचन चिन्हमा मात्र मत संकेत गरेमा।
६. निर्वाचन गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत संकेत गरेमा।
७. एक भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा पर्नेगरी मत संकेत गरेमा।
८. मत संकेत नगरी मतपत्र मतदान अधिकृतलाई फिर्ता गरेमा। 
९. कुनै पनि उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत नगरेमा। 
१०. आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा। 
११. मतदान गरेको मत पत्र मतपेटिकामा नखसालेर बाहिर राखेमा। 
१२. जाली मतपत्र भएमा।
१३. आयोगले बदर हुने भनी तोकेको मतपत्र।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell