PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल ‘ओबिओर’मा औपचारिक रुपमा सहभागी, परराष्ट्रमा भयो हस्ताक्षर



पहिलोपोस्ट

नेपाल ‘ओबिओर’मा औपचारिक रुपमा सहभागी, परराष्ट्रमा भयो हस्ताक्षर

काठमाडौँ : छिमेकी चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबिओर) मा नेपाल औपचारिक रुपमा सहभागी भएको छ। मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार सहभागिता सम्वन्धी समझदारीपत्रमा परराष्ट्र मन्त्रालयमा शुक्रबार बिहान हस्ताक्षर भएको छ। 

ओबिओर मञ्चको आउँदो आइतबारदेखि हुने सम्मेलनमा भाग लिन जानुअघि दुई देशका अधिकारीबीच समझदारीमा हस्ताक्षर भएको हो। सम्मेलनमा भाग लिन उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोली चीन प्रस्थान गर्दैछ। 

समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैगारी र चीनका तर्फबाट नेपालका राजदूत यु होङले हस्ताक्षर गरेका छन्। 

हस्ताक्षर कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकासशरण महतले सम्झौता नयाँ अध्याय भएको बताए। मन्त्री महतले रेल्वे, सडक, ट्रान्समिसनलगायतका क्षेत्रमा सहयोग र लगानीको अपेक्षा गरेको बताए। 

उनले भने ‘दुवै पक्षबाट सहझदारीमा हस्ताक्षर भएको छ। यो दुई देशको सम्वन्धका बीचमा महत्वपूर्ण पाइला हो। मलाई विश्वास छ समझदारी पत्रमा भएका विषयबस्तुमा रहेर हामी दुई देशबीचमा रोड कनेक्टिभिटी रेल्वे, ट्रान्समिसन लगायतका विषयमा लगानी र साझेदारी महतवपूर्ण हुनेछ। यसको फाइदा नेपालले पनि पाउनेमा विश्वास छ। खासगरी रेल्वे र सडकका क्षेत्रमा हामी लगानी पनि चाहन्छौँ। जनताको अपेक्षा पनि छ । यो समझदारीले नयाँ अध्याय थपेको छ।’

सझदारीपछि व्यापार, पारबहन, कनेक्टिभिटीलगायतका विकल्व खुल्ने अपेक्षा गरिएको छ। ओबिओरमा सहभागिताका विषयमा लामो समयदेखि बहस भए पनि औपचारिक रुपमा लिने सकेको थिएन। ओबिओरमा सहभागी हुने प्रारम्भिक समझदारी भने सन् २०१४ मा नै भएको थियो। 

चीनले सन् २०१३ मा अघि सारेको परियोजनामा अहिलेसम्म एक सयभन्दा बढी देशले सहयोगकाे प्रतिबद्दता जनाएका छन्। ४० भन्दा बढी देशले हस्ताक्षर गरिसकेका छन्। 

तस्विर : एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell