PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अख्तियारको जालमा यसरी फँसे अनुसन्धान विभागका अधिकृत



अख्तियारको जालमा यसरी फँसे अनुसन्धान विभागका अधिकृत

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकृतलाई सिनामंगलको सेकुवा रेस्टुरेन्टबाट नियन्त्रणमा लियो। 

विदेश जानलाई सजिलो बनाउन सेटिङ मिलाइदिने भन्दै रेस्टुरेन्ट बोलाएर घुस लिएको भन्दै ७५ हजार रकमसहित अख्तियार टोलीले विभागका निरीक्षक राजन थापा र असई विश्वेश्वर आचार्यलाई ७५ हजार रकमसहित नियन्त्रणमा लिएको थियो।

राष्ट्रिय अनुसन्धान विभाग गुप्त सूचना संकलन गर्ने देशको प्रमुख निकाय हो। तर त्यसमा काम गर्ने दुई अधिकृतलाई अख्तियारले बिछ्याएको जाल बारे पत्तै भएन। 

अख्तियारले उनीहरुलाई पक्रन एक हजार रुपैयाँको ७५ वटा नोट सिरियल नम्बर टिपेर फोटोकपिसमेत गरी सेवाग्राहीलाई दिएर पठाएका थिए। जब सेवाग्राहीले उनीहरुलाई घुस वापतको रकम दिएर निस्के, अख्तियार टोली रेस्टुरेन्टमै पसेर उनीहरुलाई नियन्त्रणमा लियो। नोटका सिरियल नम्बर रुजु गरियो र त्यही नोट भएको पुष्टि गरियो।

घटनास्थलमा नै रङ्गेहात पक्राउ गर्नुअघि अख्तियारले पत्रपत्रिका र टेलिभिजनका पत्रकारहरुलाई खबर गरिसकेका थिए।
 
उनीहरुले अध्यागमनमा रहेर विदेश जाने तयारीमा रहेका व्यक्ति वा आफन्तसँग सेटिङ मिलाउन घुस माग्ने गरेको उजुरी परेपछि अख्तियारले निगरानी बढाएको थियो। 

यसअघि अख्तियारले सम्पति शुद्धिकरण अनुसन्धान विभागका शाखा अधिकृत शम्भु चालिसेलाई १० लाख घुस लिँदालिँदै साउन ३१ गते पक्राउ गरेको थियो











भिडियो हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell