PahiloPost

Mar 26, 2026 | १२ चैत्र २०८२

राप्रपाले छाडेपछि लड्खडाएको सरकारलाई गच्छदारको काँध



पहिलोपोस्ट

राप्रपाले छाडेपछि लड्खडाएको सरकारलाई गच्छदारको काँध

काठमाडौं : संकटमा परेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले साथ दिने भएको छ। 

फोरम लोकतान्त्रिकको संसदीय दलको बैठकले सरकारलाई समर्थन गर्दै अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो। 

गच्छदारले उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन्। १८ वैशाखमा राप्रपाले प्रचण्ड नेतृत्वको सरकार छाड्ने निर्णय लिएपछि सरकार संकटमा परेको थियो। कमल थापाले छाडेको संघीय मामिला मन्त्रालय सम्हाल्दै गच्छदारले प्रचण्ड सरकारलाई काँध थापेका हुन्। 

राप्रपाले छाडेका तीन मन्त्रालयमा अब गच्छदारको पार्टीका मन्त्री हुनेछन्। 

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले पहिलोपोस्टसित सरकारमा सहभागिताको पुष्टि गरे। 

'अध्यक्षज्यूले आजै सपथ लिँदै हुनुहुन्छ, बाँकी मन्त्री र राज्यमन्त्रीको टुङ्गो लागेको छैन,' चौधरीले भने, 'तीन मन्त्रीसहित ३ राज्यमन्त्री पनि पठाउने निर्णय संसदीय दलबाट भएको छ।'

राप्रपा भूमि सुधार, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र आपूर्ती मन्त्रालय छाडेको थियो। तर आपूर्ती भने गच्छदारको पार्टीलाई जिम्मा दिइएको छैन।

संसदमा गच्छदारको पार्टीका १७ सांसद छन्। गच्छदारको पार्टी नेपाल लोकतान्त्रिक फोरम संसदको छैटौं शक्ति हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell