PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चुनावी नमस्कार : टेम्पोमा मेयरकी कान्छी उम्मेद्वार रन्जु दर्शना



चुनावी नमस्कार : टेम्पोमा मेयरकी कान्छी उम्मेद्वार रन्जु दर्शना

‘आर्इ एम सो सरी!’

रन्जु दर्शनाले हामीलार्इ विवेकशील नेपाली पार्टीको कार्यालयमा एक घण्टा पर्खाइन्।

‘केही छैन। चुनावको प्रचारप्रसारमा ब्यस्त हुनुहुन्छ।’ हामीले ‘सरी’को उत्तर दियौं। उनी दाँत देखाएरै हाँसिन।

बैशाख ३१ गते हुन लागेको स्थानीय तह चुनावमा विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका लागि एकमात्र महिला दावेदार हुन रन्जु दर्शना। २१ वर्षीय रन्जुका परिर्वतनका सपना २१औं हजार छन्।

चुनावको रौनक बुझ्न  थियो। विवेकशील नेपाली दलको कार्यालय पुग्दा चुनावी माहोल कस्तो छ भनेर रन्जुसँग सोध्नै परेन। कार्यालय अगाडी टेम्पोको ताँती छ। सबै टेम्पोबाहिर झुन्ड्यार्इएको फोटोमा रन्जुले मुसुक्क हाँसेकी छिन। 

टेम्पोमा रन्जुको फोटोसहित उनका चुनावी नारा पनि लेखिएका छन्। विवेकशील नेपाली दलका एउटा उम्मेद्वारले एउटा टेम्पो प्रचारप्रसारका लागि प्रयोग गरिरहेको कर्मचारी बताउँछन्।

मेयरकी उम्मेद्वार रन्जु पनि चुनावी प्रचारप्रसारका लागि टेम्पो नै प्रयोग गर्छिन्। केही दिन यता चुनावी प्रचारप्रसारका लागि रन्जुलार्इ समय मिलाउन नै हम्मे-हम्मे परेको छ।  

नयाँ काम नयाँ तरिकाले गरेर देशमा विकास गर्ने योजना बोकेकी रन्जु कसरी चुनावी प्रचाप्रसारमा जुटेकी छिन त? उनी भन्छिन्, ‘अहिले घर दैलोमा जनता भेटिरहेकी छु।’

रन्जु आफुलार्इ आत्मविश्वासले भरिएकी मान्छे भन्न रुचाउँछिन्। त्यसैले उनी काठमाडौंको मेयर पदमा आफू नै निर्वाचित हुन्छु भन्नेमा ढुक्क छिन्। भन्छिन,‘युवादेखि बुढाबुढीले मलार्इ मन पराउनु भएको छ। कसरी नजितुँला।’


रन्जुले काठमाडौंलार्इ आफ्नै कालमा सुन्दरमाडौं बनाउने सपना बोकिरहेकी छिन्। ‘हामी युवाले नगरे कल्ले गर्ने? देश अब हाम्रो जिम्मामा छ।’ उनको आवाज माथी उठ्छ, आँखा चम्किन्छन्।  

चुनाव आउन एकहप्ता मात्र बाँकी रहँदा रन्जु टोल-टोलमा भोट माग्दै हिडिरहेकी छन्। उनलार्इ समाजका युवाले साथ दिइरहेका छन्, बुद्दिजीविले हात दिइरहेका छन् भने बुढाबुढीले काख दिइरहेका छन्। त्यसैले उनले मतदानमा सबैको साथ पाउने आसा गरेकी छिन्।

रन्जु दर्शना चुनावको प्रचारका क्रममा महानगरका जनतालार्इ भेटिरहेकी छन्। जनताले पनि उनलार्इ मतदान गर्ने बाचा गरेको उनी बताउछिन्।

रन्जु भन्छिन,‘विदेशमा भएका आफ्ना सन्तानलार्इ सम्झेर कोही आमाहरु अंगालो मार्दै रुन्छन्। सबै नेपालीले नेपालमै काम पाउने वातावरण मिलाउँछु भनेर मैले कयौँ आमाहरुलार्इ बाचा दिने गरेकी छु।’

पालो आयो चुनावी प्रश्नोत्तरको रन्जुसँग प्रश्नोत्तर सुरु हुन्छ-

मैले सोधेँ ‘नेताहरुलार्इ गाली गरेपछि बिवादमा फस्नुभयो नी’

रन्जुले भनिन्‘न्यायालय जस्तो स्वच्छ संस्था र त्यस्तै छवि भएकी प्रधानन्यायाधीशलार्इ नेताहरुले फोहरी खेलमा फसाउन लागेपछि म चुप लागेर बस्न सकिन्’

सोधेँ ,‘अरु नेताले रेल ल्याउँछु भन्दा गाली गर्नुहुन्छ। तपार्इका एजेन्डामा पनि काठमाडौंमा रेल गुडाउने कुरा छ नी’

भनिन्,‘मैले एक महिनामै रेल ल्याउछु भनेकी छैन। हाम्रै पालामा सम्भव छ भनेकी छु’

सोधेँ,‘काठमाडौंमा अन्य शक्तिशाली राजनीतिक दलको हैकम छ। यस्तो अवस्थामा कसरी चुनाव जित्नुहुन्छ’

भनिन्,‘अहिले समाजमा जनता नयाँ नेत्तृत्वको खोजीमा छन्। जसले इमान्दार भएर काम गर्न सकोस्। जनताका खोजी र मेरा सपना मिलेका छन्। त्यसैले यो चुनाव म नै जित्छु’

सोधेँ,‘भनिन्छ, विवेकशील नेपाली दलले युवाहरुको प्रतिनिधित्व गर्छ। युवाहरुका लागि के कस्ता योजना छन्’

भनिन्,‘विवेकशील नेपालीले युवाहरुको प्रतिनिधित्व मात्र गर्दैन। सबै नागरिकको प्रतिनिधित्व गर्छ। त्यसैले हाम्रो सबै भन्दा पहिलो योजना भनेको एउटा नयाँ र पारदर्शी लिडरशिप दिनु हो’ 

सोधेँ,‘विवेकशील नेपाली दलमा कसरी आबद्ध हुनुभयो’

भनिन्,‘एउटा बौद्धिक समूह विवेकशील नेपाली दलको स्थापनाको लागि तयार भएर बसेको थियो। त्यही समूहले केही प्रेरणादायी र चेतनामूलक कार्यक्रम गरिरहेको थियो। त्यही कार्यक्रमबाट म यस समूहमा आएकी हुँ। पार्टी दर्ता हुँदासम्म म समूहमा आबद्ध भइसकेकी थिएँ’

रन्जुलार्इ चुनावी प्रचारप्रसारमा जानु थियो। त्यसैले कुरा सक्काउनु पर्ने भयो। निर्वाचन आयोगले विवेकशील नेपाली दललार्इ चुनाव चिन्ह ‘इस्टकोट’ दिएको रहेछ। रन्जुले मुसुमुसु हाँस्दै 'इस्टकोट' लगाइन्। हामी शुभकामना दिएर बिदा भयौँ।

प्रस्तुती : आकाश क्षेत्री



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell