PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सहर पसेको गैँडाको आक्रमणबाट हेटौँडामा १ जनाको मृत्यु



सहर पसेको गैँडाको आक्रमणबाट हेटौँडामा १ जनाको मृत्यु

  • उमेश सिग्देल -
मकवानपुर : चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको गैँडाको आक्रमणबाट मकवानपुरको हेटौँडामा एक जनाको ज्यान गएको छ। आक्रमणबाट हेटौँडा रामनगरका ६१ बर्षिया हरिमाया दाहालको ज्यान गएको हो। गैँडाले आक्रमण गर्दा ७ जना घाइते भएका छन्। 

घाइतेमध्ये रुद्रनाथ धिमालको अवस्था गम्भीर छ।

गैँडाको आक्रमणबाट गाई र भैँसी समेत मरेका छन्।

गैँडा बिहान ७ बजे कान्ति राजपथको बाटो भएर हेटौँडाको बुद्धचोक हुँदै अस्पतालको कम्पाउण्डमा छिरेको थियो। गैँडा धपाउन नेपाली सेना, प्रहरी र वन कार्यलयका कर्मचारीले प्रवेश गरेपछि अझै बजार छाडेको छैन।

वार्षाका कारण गैँडा धपाउन समस्या भएको प्रहरीले जनाएको छ। गैँडा धपाउन चितवन राष्ट्रिय निकुञ्जबाट ४ हात्ती सहित आवश्यक सामग्री लिएर टोली हेटौँडा आइपुगेको छ।


अस्पतालबाट निस्केको गैँडा अहिले भुटनदेवी मन्दिर नजिकै रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell