PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रचण्डपुत्रीका लागि म उम्‍मेदवारी फिर्ता लिन्नँ : दिनेश कोइराला, कांग्रेस उम्मेदवार



प्रचण्डपुत्रीका लागि म उम्‍मेदवारी फिर्ता लिन्नँ : दिनेश कोइराला, कांग्रेस उम्मेदवार

काठमाडौँ : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन महानगरपालिकामा तालमेल गर्ने सहमति गरेको खबर आइरहँदा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारी दिएका दिनेश कोइराला बिहानदेखि नै भोट माग्न ब्यस्त थिए। 

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्री रेणु दाहालका लागि उनले ठाउँ छाडिदिनु पर्ने यो निर्णय उनले अरुकै मुखबाट सुन्नु पर्‍यो। 

दुई पार्टीबीच भएको सहमति अनुसार भरतपुरमा मेयरको लागी माओवादी केन्द्रलाई सहयोग गर्ने र काठमाडौंमा केन्द्रले कांग्रेसलाई सहयोग गर्ने सहमति भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले बताइन्। कोइराला काठमाडौंबाट हेलिकप्टर रिजर्भ गरेर मंगलबार उम्मेदवारी दिन भरतपुर पुगेका थिए। 

के भन्छन् त उनी? पहिलोपोस्टका सविन ढकालले गरेको कुराकानी

तपाईँले त उम्मेदवारी फिर्ता गर्नुपर्ने भएछ नि, थाहा पाउनु भो?
कोइराला : मलाई थाहा छैन। अरुबाटै सुनेको छु। यस विषयमा मलाई पार्टीबाट कसैले केही भन्नुभएको छैन।  

तपाईँको पार्टीले त तालमेल गर्ने निर्णय गरेको छ त?
कोइराला : यो पार्टीको गलत निर्णय हो। म कुनै पनि रुपमा उम्मेदवारी फिर्ता लिन्न। 

किन? जिल्लाका नेता तथा कार्यकर्ताहरु के भन्छन्?
कोइराला : भरतपुर महानगरपालिकाका कुनै पनि कांग्रेस नेता तथा जनता माओवादीसँग सहकार्य गर्न चाहँदैनन्। यस्तो सहकार्यले कांग्रेस पार्टीभित्र पनि असहमति बढेको छ। 

केन्द्रसँग कुरा भयो?
कोइराला : मलाई केही केन्द्रीय नेताहरुले पनि उम्मेदवारी फिर्ता नगर्नु भन्ने सुझाव दिनुभएको छ। 

पार्टीले नै निर्णय गरिसकेपछि तपाईले फिर्ता गर्दिन भन्न मिल्छ त?  
कोइराला : यसले पार्टीकै लागि बेफाइदा हुन्छ। फिर्ता लिनू भनेर पत्र नै आयो भने के गर्ने सोच्छु।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell