PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

स्वाइन फ्लुका कारण अस्वस्थ एमाले नेता ढकाललाई एयर एम्बुलेन्सबाट दिल्ली लैजाने प्रयास असफल



स्वाइन फ्लुका कारण अस्वस्थ एमाले नेता ढकाललाई एयर एम्बुलेन्सबाट दिल्ली लैजाने प्रयास असफल

काठमाडौँ : स्वाइन फ्लुका कारण गम्भीर अस्वस्थ भएका एमाले पोलिटब्युरो सदस्य रामनाथ ढकाललाई उपचारका लागि दिल्ली लैजाने प्रयास असफल भएको छ। दिल्ली एयरपोर्टमा मौसमको खराबीका कारण उडान हुन नसकेकाले उनलाई दिल्ली लैजान नसकिएको पारिवारिक श्रोतले जनाएको छ। खनाललाई लैजान बोलाइएको एयर एम्बुलेन्स त्रिभुवन विमानस्थलमा थन्किएको छ।

यसअघि सरकारी समाचार संस्था राससले उनलाई उपचारका लागि नयाँ दिल्ली लगिएको समाचार सम्प्रेषित गरेको थियो। दुई दिनअघि निमोनिया र स्वाइन फ्लुका कारण धापासीस्थित ग्राण्डी अस्पतालमा खनालको भर्ना गरिएको थियो। उनलाई चिकित्सककै सल्लाहमा मेदान्त अस्पतालमा पठाउने तयारी गरिएको राससले एमाले नेता कृष्णगोपाल श्रेष्ठलाई उदृत गर्दै लेखेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell