PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पक्राउको त्रासमा अस्पतालमा बसेका नवराज सिलवाल एकाएक गायव



सविन ढकाल

पक्राउको त्रासमा अस्पतालमा बसेका नवराज सिलवाल एकाएक गायव

काठमाडौ : सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएको केही बेरमा नै डिआइजी नवराज सिलवालले अस्पतालबाट डिस्चार्ज लिएका छन्।

डिआइजी सिलवाल साँझ ५ बजे ललितपुरस्थित बिएण्डबी अस्पतालबाट एकाएक हराएका थिए भने उनी बाहिरिएको केहीबेर पछि उनका भाइ मधुसुधन सिलवालले अस्पताल पुगेर डिस्चार्ज लिएको पहिलोपोस्टलाई अस्पतालका एक कर्मचारीले जानकारी  दिए। 

ती कर्मचारीले भने 'सिलवाल सर साँझ पाँच बजे बाहिरिनुभएको हो।'

आफुलाई महानिरीक्षक बनाइयोस् भन्दै सर्वोच्व अदालतमा बुझाएको कासमु फाइल किर्ते गरेको अभियोगमा सरकारले गठन गरेको छानविन समितले बैशाख ११ गते बयानका लागि बोलाएको थियो।
 
बयानका लागि बोलाएको केही बेरमै सिलवालका वकिलले दायर गरेको अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा फैसला गर्दै अदालते उनलाई नियन्त्रणमुक्त गर्न आदेश दिएको थियो।

सिलवालाई प्रहरीले घरमा नै लगेर छोडेपनि त्यहीदिन उनी बिएण्डबी अस्पताल भर्ना भएका थिए। अस्पतालमा रहेपनि आफु प्रहरीको 'कस्टडी'मा रहेको बताइरहेका सिलवाल पक्राउ पर्नसक्ने आँकलन गरी अस्पतालबाट डिस्चार्ज भएको स्रोतको दावी छ।

तर प्रहरी प्रधान कार्यालयले स्रोतले सिलवाललाई १९ गतेसम्म पक्राउ गर्ने कुनै तयारी नभएको जनाएको छ। सिलवाल भने मोवाइल अफ भएको छ। सम्पर्कबिहिन छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell