PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बहुचर्चित सुडान घोटालामा सुशीलाको फैसला : तीन पूर्व आइजीलाई कैद सजाय



बहुचर्चित सुडान घोटालामा सुशीलाको फैसला : तीन पूर्व आइजीलाई कैद सजाय

काठमाडौं : बहुचर्चित सुडान घोटाला मुद्दामा सर्वोच्च अदालतले तत्कालीन महानिरीक्षकहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको छ। यसैगरी श्यामसिंह थापा, दीपकसिंह थाङदेन, दीपक श्रेष्ठ र रवीप्रताप राणा पनि दोषी ठहर भएका छन्। 

करिब २९ करोड रुपैयाँ विगो दाबी गरिएको मुद्दामा उनीहरुलाई जनही दुई वर्ष कैद सुनाइएको छ। 

प्रधानन्यायाधीश सुशीला कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। यसअघि विशेष अदालतले पनि उनीहरुलाई दोषी ठहर गरेको थियो।

भ्रष्ट्राचार अभियोग लागेका बाँकीलाई भने अदालतले सफाइ दिएको छ। सफाइ पाउनेमा मदनबहादुर खड्का, अर्जुन जंग शाही, दीपक सिंह थाङ्देन, श्यामसिंह थापा, दीपेन्द्र बहादुर बिष्ट, रमेश बिक्रम शाह, टपेन्द्रध्वज हमाल, दीपककुमार श्रेष्ठ, निरज पुन, सुरेन्द्र बहादुर पाल, रवीप्रताप राणा, श्यामबहादुर खड्का, शिव लामिछाने, नरेन्द्रकुमार खालिङ, डा. अजितकुमार गुरुङ, रमेशकुमार पाण्डेय, मनोज नेउपाने, निरज बहादुर शाही, गुप्तबहादुर श्रेष्ठ, विजयलाल कायस्थ, रामकृष्ण राजभण्डारी, कृष्णप्रसाद गुरागाईँ, सञ्जयसिंह बस्नेत, पिताम्बर अधिकारी, हरिहर श्रेष्ठ, विद्याराज श्रेष्ठ, प्रकाश अधिकारी, अर्जुनप्रसाद तिमल्सेना, दिनेश केसी, लालगोविन्द श्रेष्ठ र गिरीधारी शर्मा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell