PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

एमालेले आफ्ना सांसदलाई भन्यो– संशोधन विधेयकका विरुद्ध लाग्नु



रासस

एमालेले आफ्ना सांसदलाई भन्यो– संशोधन विधेयकका विरुद्ध लाग्नु

काठमाडौँ : नेकपा एमालेले संशोधन विधेयककाविरुद्ध लाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ।

संसदीय दलको आइतबार बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका लागि उपयुक्त नरहेको जनाउँदै त्यसविरुद्ध लाग्न आफ्ना सम्पूर्ण सांसदलाई निर्देशन दिएको हो।

बैठकमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै संविधान संशोधन आवश्यक नरहेको कुरा उठेको थियो।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधनको कुरा गर्ने सरकारले पुनः आफैंले संविधान संशोधनको प्रस्ताव हालेको शनिबार साँझ मात्र आफूहरुलाई थाहा भएको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको जानकारी दिए।

बैठकमा नौदलीय गठबन्धनबीच भएको बैठकका बारेमा पनि सबै सांसदलाई जानकारी गराइएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell