PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री भन्छन्– विदेशी लगानी भित्र्याउन प्रतिकूल कानुन परिमार्जन गरिनेछ



पहिलोपोस्ट

प्रधानमन्त्री भन्छन्– विदेशी लगानी भित्र्याउन प्रतिकूल कानुन परिमार्जन गरिनेछ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानी भित्र्याउन सरकारले विद्यमान कानुन परिमार्जन गरिने बताएका छन्।

आइतबार मलेसियाको पूर्व प्रशासक र व्यवसायीहरुको टोलीसँगको भेटमा प्रधानमन्त्रीले लगानीका सम्बन्धमा रहेका प्रतिकुल कानुन परिमार्जन गरेर सरकारले विदेशी लगानी भित्र्याउन चाहेको बताए। उनले नेपाली कामदारहरु मलेसियामा रहेका र उनीहरुको हित नेपाल सरकारको मुख्य सरोकारको विषय भएको बताए।

प्रधानमन्त्रीले नेपाल सरकार मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या समाधानका लागि कूटनीतिक पहल गरिरहेको बताए।प्रधानमन्त्रीले नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पुरा गर्न रातदिन खटिरहेको बताए।

उनले भने, ‘अहिले सात प्रतिशत आर्थिक वृद्धि हासिल गरिएको छ, नेपालको समृद्धि र विकासमा सकारात्मक लक्षणहरु देखा परिरहेका छन्।’

प्रधानमन्त्रीले मलेसियामा कार्यरत नेपालीहरु विभिन्न कठिनाई भोगिरहेका र फ्रि भिसा भनेपनि विभिन्न नाममा मोटो रकम तिर्न बाध्य भइरहेको कुराप्रति सरकार जानकार भएको बताए।

मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसबाट नेपालले पनि शिक्षा लिनसक्ने बताए। भेटमा मलेसियाको पुत्रजय नगरका पूर्वमेयर तथा पूर्व गृहसचिव तान्श्री आसेले दाहाल नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल र मलेसियाबीच सहकार्यका लागि आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell