PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइपीएल : मुम्बईको रोमाञ्चक जित, सुपर ओभरमा गुजरात ५ रनले पराजित



पहिलोपोस्ट

आइपीएल : मुम्बईको रोमाञ्चक जित, सुपर ओभरमा गुजरात ५ रनले पराजित

आइपीएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले गुजरात लायन्समाथि रोमाञ्चक जित दर्ता गरेको छ। सुपर ओभरबाट छिनोफानो भएको खेलमा मुम्बईले गुजरातमाथि ५ रनको जित दर्ता गर्‍यो। 

निर्धारित २० ओभरको खेलमा दुवै टिमले बराबर १५३ रन बनाएपछि खेलको सुपर ओभरबाट छिनोफानो भएको थियो। सुपर ओभरमा मुम्बईले ११ रन बनाएको थियो। तर, जसप्रित बुमराहको कसिलो बलिङसामु गुजरातले ६ रनमात्र जोड्न सक्यो। सुपर ओभरमा मुम्बईले जोस बट्लर र किरोन पोलार्डलाई क्रिजमा उतारेको थियो। गुजरातले ब्रेन्डन म्याकुलम र आरोन फिन्चलाई ब्याटिङमा उतारेको थियो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा १५३ रन बनाएको थियो। गुजरातका लागि ओपनर इसान किसनले ४८ रनको योगदान दिए। गुजरातका लागि रबीन्द्र जडेजाले २८ रनको योगदान दिए। 

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईका लागि ओपनर पार्थिव पटेलले ७० रन बनाए। हार्दिक पाण्डेयको नटआउट २९ रनबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन। 

बलिङतर्फ गुजरातका बासिल थम्पीले ३ विकेट लिए। यस्तै मुम्बईका हार्दिक पाण्डेयले पनि ३ विकेट हात पारे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell