PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुडान प्रकरणमा सर्वोच्चको अन्तिम फैसला आज, विशेषको आदेश सदर होला कि बदर?



पहिलोपोस्ट

सुडान प्रकरणमा सर्वोच्चको अन्तिम फैसला आज, विशेषको आदेश सदर होला कि बदर?

काठमाडौँ : नेपाल प्रहरीको बन्दोबस्ती सामान खरिदबिक्री प्रकरणमा ठूलो घोटलाका रुपमा परिचित सुडान प्रकरणमा सर्वोच्च अदालतले आज अन्तिम फैसला गर्दैछ। प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले वैशाख ७ गते आजका लागि फैसला सुनाउने मिति तोकेको थियो। सुडान प्रकरणमा नेपाल प्रहरीका तीन पूर्व प्रमुखसहित उच्च अधिकारीहरु आरोपित छन्। 

अख्तियारले शान्ति मिसनमा सुडानमा खटिनका लागि प्रहरीले खरिद गरेको बन्दोबस्ती सामान गुणस्तरीय नभएको आरोपमा २८ करोड ८१ लाख बिगोदाबीसहित २०६८ जेठ २४ गते मुद्दा दायर गरेको थियो। विशेषले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो। विशेषले प्रहरीका तीन पूर्व महानिरीक्षक तथा ठेकेदार कम्पनी र तिनका प्रतिनिधिलाई दोषी ठहर गरेको थियो। ३१ प्रहरी अधिकारीलाई भने विशेषले सफाई दिएको थियो। 

विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको इजलासले गरेको फैसलामा प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। जनही दुई वर्षको कैद सजाय पनि इजलासले सुनाएको थियो। 

यस्तै, ठेकेदार बेलायती कम्पनी एस्योर्ड रिस्कका निर्देशक माइकल राइडर र नेपाल प्रतिनिधि शम्भु भारतीलाई पनि दोषी ठहर गरेको थियो। विशेषले राइडरलाई झन्डै साढे २८ करोड र भारतीलाई १४ करोड जरिवाना हुने ठहर गरेको थियो ।
२०६९ जेठ २२ गते सरकारले मुद्दाको पुनरावेदन सर्वोच्चमा गरेको थियो। 


विशेषले दोषी ठहर गरेका

  • प्रतिवादी एस्योर्ड रिस्क कम्पनी  
  • एस्योर्ड रिस्क लि लण्डनका प्रो. माइकल राइडर
  • स्थानीय प्रतिनिधि श्री भगवती टे्रडर्सका प्रोपाइटर शम्भु भारती
  • ओमविक्रम राणा, नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक
  • हेमबहादुर गुरुङ, पूर्व प्रहरी महानिरीक्षक
  • रमेश चन्द ठकुरी, पूर्व प्रहरी महानिरीक्षक, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार


सफाई पाउने

  • मदन बहादुर खड्का 
  • अर्जुन जंग शाही
  • दीपक सिंह थाङ्देन, 
  • श्यामसिंह थापा 
  • दीपेन्द्र बहादुर बिष्ट 
  • रमेश बिक्रम शाह 
  • टपेन्द्रध्वज हमाल 
  • दीपककुमार श्रेष्ठ
  • निरज पुन 
  • सुरेन्द्र बहादुर पाल, 
  • रवीप्रताप राणा 
  • श्यामबहादुर खड्का 
  • शिव लामिछाने 
  • नरेन्द्रकुमार खालिङ 
  • डा.अजितकुमार गुरुङ 
  • रमेशकुमार पाण्डेय 
  • मनोज नेउपाने
  • निरज बहादुर शाही, 
  • गुप्तबहादुर श्रेष्ठ 
  • विजयलाल कायस्थ 
  • रामकृष्ण राजभण्डारी 
  • कृष्णप्रसाद गुरागाँई 
  • सञ्जयसिंह बस्नेत 
  • पिताम्बर अधिकारी 
  • हरिहर श्रेष्ठ
  • विद्याराज श्रेष्ठ 
  • प्रकाश अधिकारी 
  • अर्जुनप्रसाद तिमल्सेना 
  • दिनेश केसी 
  • लालगोविन्द श्रेष्ठ 
  • गिरीधारी शर्मा
     



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell