PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संरक्षकभूषण र इरा च्याम्पियन



पहिलोपोस्ट

संरक्षकभूषण र इरा च्याम्पियन

काठमाडौं : संरक्षकभूषण बज्राचार्य र इरा रावत पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्।

डिफेन्डिङ च्याम्पियन संरक्षकले पुरुषतर्फ फाइनलमा जितेन्द्र परियारलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे। यता महिलातर्फ नयाँ च्याम्पियन बन्ने क्रममा इराले उपाधि भिडन्तमा माहिका राणालाई ६–२, ५–७, ६–३ को सेटमा हराइन्। 

दुवै समूहमा पहिलो र दोश्रो हुनेले क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा सञ्जय अमात्य र धर्मरत्न शाहीको जोडी च्याम्पियन बने। उक्त जोडी राजु क्षेत्री र डेगेन्द्र श्रेष्ठको जोडीबाट वाकओभर पाए। विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद हात पारे।

विजेतालाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव एवं आयोजक संघका अध्यक्ष मनोहरदास मुल, सिटिजन्स बैंकका अध्यक्ष डा. शंकरप्रसाद शर्मा र प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीलगायतले एक पुरस्कार प्रदान गरे।

नगद ३ लाख २१ हजार र गिफ्ट ह्याम्पर ६४ हजार गरी कुल ३ लाख ८५ हजार पुरस्कारको साताव्यापी प्रतियोगितामा २ सय ५२ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। भेट्रान ५५ वर्षमाथि सिंगल्स/डबल्स तथा ६५ वर्षमाथि बाहेक सबै स्पर्धामा नगद पुरस्कारको व्यवस्था थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell