PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘लप्पन छप्पन’को पहिलो विदेश प्रदर्शन बेलायत



पहिलोपोस्ट

‘लप्पन छप्पन’को पहिलो विदेश प्रदर्शन बेलायत

काठमाडौं: चैत ११ गते सार्वनजिक भएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म 'लप्पन छप्पन' बेलायतमा प्रदर्शन हुने भएको छ। नेपालमा एक करोड ग्रस कलेक्शन गरेको 'लप्पन छप्पन' अब विदेश प्रदर्शन लागेको हो। फिल्मले बेलायतबाट विदेश प्रदर्शन सुरु गर्न लागेको हो।

३२ बक्स नामक समुहले प्रिन्सेल हल अल्डरसटमा आगामी ७ मे, आइतबार र हयारो सफारी सिनेमा हलमा १३ मे शनिवार 'लप्पन छप्पन' प्रदर्शन गर्दैछ। ६ सय ८० सिट क्षमता भएको प्रिन्सेल हलमा फिल्मको पहिलो विदेश प्रदर्शन हुने भएको हो।

'हलीउड सिनेमाहरुमात्र रिलिज हुने हलमा नेपाली फिल्म 'लप्पन छप्पन' रिलिज हुन लाग्दा बेलायतमा बस्ने नेपालीहरुले खुसी छन्,' आयोजक एलबीजेड गुरुङले भने। उनले बेलायतमा नेपाली फिल्म प्रवद्र्धन र बजार विस्तारका लागि आफ्नो समूहले नियमित फिल्म प्रदर्शन गरिरहेको समेत जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell