PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रिमियर लिग : चेल्सीलाई पछ्याउँदै टोटनहम, आर्सनलको महत्वपूर्ण जित



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीलाई पछ्याउँदै टोटनहम, आर्सनलको महत्वपूर्ण जित

क्रिस्टियन एरिक्सनले गरेको एक मात्र गोलको मद्दतमा टोटनहमले प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दै शीर्ष स्थानको चेल्सीसँग अंक दूरी ४ मा झारेको छ।

टोटनहमलाई स्पष्ट ३ अंक दिलाउन एरिक्सनले ७८औं मिनेटमा निर्णायक गोल गरे।

जितपछि टोटनहमको ३३ खेलबाट ७४ अंक भएको छ। समान खेलबाट चेल्सीको ७८ अक छ।  एक खेल बढी खेल्दै ६६ अंक जोडेको लिभरपुल तेस्रोमा छ।

यस्तै आर्सनलले पनि महत्वपूर्ण जित हासिल गरेको छ। आत्मघाती गोलको सहयोगमा आर्सनलले घरेलु मैदानमा साविक विजेता लेस्टर सिटीलाई १-० ले हरायो। एमिरेट्स स्टेडियममा लेस्टरका रोबर्ट हुथले ८६ औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनल भाग्यमानी बन्दै ३ अक जोड्न सफल भयो।

जितपछि ३२ खेलबाट ६० अंक जोड्दै छैटौँ स्थानमा उक्लेको आर्सनलले शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ। 

लिग अन्तर्गत आज म्यानचेष्टर डर्बी भिडन्तमा युनाइटेड र सिटीबीच प्रतिस्पर्धा हुँदैछ। सिटी ३२ खेलबाट ६४ अंकका साथ चौथो तथा समान खेलबाट ६३ अंक जोडेको युनाइटे८ पाँचौ स्थानमा छ। शीर्ष चारमा पर्नको लागि आजको खेल दुवै टिमलाई महत्वपूर्ण रहेको छ।

यस्तै रेलिगेशन जोनम रहेको टिमहरुको भिडन्तमा मिडल्स्ब्रोले सण्डरल्याण्डलाई १-० ले पराजित गरेको छ। मिडल्स्ब्रो पुछारबाट दोस्रो तथा सण्डरल्याण्ड पुछारमा छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell