PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइपीएल : पुनेलाई हराउँदै कोलकता शीर्ष स्थानमा उक्लियो



पहिलोपोस्ट

आइपीएल : पुनेलाई हराउँदै कोलकता शीर्ष स्थानमा उक्लियो

कोलकता नाइट राइडर्स आइपीएलको शीर्ष स्थानमा उक्लेको छ। बुधबार भएको खेलमा राइजिङ पुने सुपरजायन्ट्सलाई ७ विकेटले पराजित गर्दै ८ खेलबाट १२ अंक जोडेको कोलकताले नेट रन रेटमा मुम्बई इन्डियन्सलाई पछि पारेको हो। दुवै टोलीले ८ खेल खेल्दै समान ६ खेल जितेका छन्। 

हारका बावजुत पनि ८ खेलबाट ८ अंक नै जोडेको पुने चौथो स्थानमा यथावत छ।

कोलकताले पुनेले दिएको १८३ रनको लक्ष्य १८.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‌यो।

कोलकताका लागि रोविन उथापाले ४७ बल खेल्दै ७ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ८७ रन बनाए। कप्तान गौतम गम्भिरले ४६ बलमा ६२ रन बनाए। तेस्रो ओभरमै पहिलो विकेट गुमाएको कोलकताका गम्भिर र उथापाले दोस्रो विकेटका लागि १५८ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए।

यस्तै ओपनर सुनिल नरिनले ११ बलमा ३ चौका प्रहार गर्दै १६ रन जोडे। यसै सिजन आइपिएलमा डेब्गर यरेका डारेन ब्राभोले चौका प्हार गर्दै कोलकतालाई जिताए। उनी ६ रनमा नटआउट रहे।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुनेले निर्धारित २३० ओभरमा ५ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। पुनेका लागि कप्तान स्टिभ स्मिथले नटआउट रहदै सर्वाधिक ५१ रन बनाए।

यस्तै ओपनर अजिन्का रहानेले ४६ तथा राहुल त्रिपाटीले ३८ रन बनाए। महेन्द्र सिंह धोनीले ११ बलमा २३ रन जोडे। 

बलिङमा कोलकताका कुलदिप यादवले २ विकेट लिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell