PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

संविधान संशोधन स्वीकृत, एमाले छलफलमा सहभागी, कांग्रेस-माओवादी चुप



पहिलोपोस्ट

संविधान संशोधन स्वीकृत, एमाले छलफलमा सहभागी, कांग्रेस-माओवादी चुप

काठमाडौँ : संविधानको दोश्रो संशोधन विधेयक संसदबाट स्वीकृत भएको छ। विधेयक सैद्धान्तिक छलफल पछि स्वीकृत भएको हो। अब संशोधन माथि सांसदहरुले संशोधन हाल्न ७२ घण्टे समय पाउनेछन्। 

संसदमा सोमबार टेबल भएपनि संशोधन विधेयक मंगलबार एमालेको अवरोधका कारण संसदमा पेश हुन पाएको  थिएन। बुधबारको बिहानको बैठक पनि एमालेले अवरोध गरेको भएपनि दलहरुबीच सहमति भएपछि साँझ संशोधन पेश भएको थियो। एमालेले स्थानीय तहको संख्या बढाउने गरि सरकारले ११ जिल्लामा परिपत्र गरेको विरोधमा संसदमा अवरोध गरेको थियो। सरकारले परिपत्र फिर्ता लिने निर्णय लिएपछि एमालेले अवरोध हटाएको थियो। 


एमाले छलफलमा सहभागि, कांग्रेस र माओवादीका कोही सांसद बोलेनन्

 
२०७३ मंसिर १४ गते सरकारले ल्याएको संविधान संशोधन छलफल योग्य नभएको भन्दै विरोध गरेको एमालेले यसपटक भने छलफलमा भाग लियो। एमालेले त्यतिबेला संशोधनको विरोधमा संसद अवरोध गर्नुका साथै गत २०७३ पुस २४ गते टेबल गर्दा समेत होहल्ला गर्दै विरोध जनाएको थियो। सरकारले उक्त १३ बैशाखमा संशोधन फिर्ता लिएर सोही दिन नयाँ संशोधन संसदमा दर्ता गरेको थियो। नयाँ संशोधन माथि भने एमालेले प्रक्रियामा भाग लिएको हो।

छलफलका क्रममा एमाले सांसद प्रकाश ज्वालाले सीमाङ्कनका विषयमा अहिलेको संविधान संशोधन विधेयक ब्याक भएको जस्तो देखिएपनि उनले संसदीय दल विरोधमा रहेको बताए। त्यस्तै सांसद रेवतीरमण भण्डारीले नागरिकताको प्रावधानको संविधानको मान्यता विपरित संविधान संशोधन गर्न खोजेको आरोप लगाए। 'संशोधनका माध्यमबाट देशको हैसियत माथि प्रश्न गर्ने गम्भिर खालको प्रश्न खडा गरेको छ', भण्डारीले भने। 

संशोधन माथिको छलफलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कुनैपनि सांसदले भाग लिएनन्। 

कानुन मन्त्री अजयशंकर नायकले संशोधन विधेयक राष्ट्रघाती नभएको बताए। उनले विधेयक परिमार्जित गर्दै पारित गर्न आग्रह गरे। 'मधेसी, जनजाती सबैलाई संशोधनले समेटेको उनले बताए। 

तेश्रो बैठकबाट स्वीकृत

संसदको बुधबार तीन बैठक बस्यो। बिहान  ११ बजेको बैठक एमालेले अवरोध गरेपछि बैठक दिउँसो ३ बजेका लागि डाकियो। तर अवरोध खुलाउने विषयमा दलहरुबीच सहमति भएन। जसका कारण बैठक ५ बजेका लागि सारियो। तर निर्धारित समयमा बैठक सुरु भएन। अबेला गरि पौने ९ बजे सुरु भएको बैठक साढे ९ बजे संविधान संशोधन विधेयक स्वीकृत गर्न कोरम नपुगेपछि स्थगित भयो। १ सय ४९ सांसद हुनुपर्नेमा १ सय २४ सांसदमा मात्र उपस्थित भएपछि सभामुखले आधा घण्टा बैठक स्थगित गरिन्। तर बैठक झण्डै साढे १० बजे मात्र बस्यो। तेश्रो बैठकले मात्र संविधान संशोधन विधेयक स्वीकृत गर्‍यो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell