PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'काले दाइ' गीतको चर्चामा किन जोडिएन फिल्म 'पर्व'को नाम?



पहिलोपोस्ट

'काले दाइ' गीतको चर्चामा किन जोडिएन फिल्म 'पर्व'को नाम?

काठमाडौं: केही समय यता नेपालका लागि युट्युब ट्रेन्डमा आएको र एकदिनमा नै एक लाखभन्दा बढी हिट्स बटुल्न सफल गीत हो 'काले दाइ'। माला लिम्बु र चर्चित निर्देशक एवं कलाकार निश्चल बस्नेतको नृत्यले काले दाइ गीतको अडियो मात्र होइन भिडियोलाई पनि दर्शकले खोज। त्यसैले हालसम्म उक्त गीतले युट्युबमा नब्बे लाखभन्दा बढी भ्युज बटुली सकेको छ।

आइटम डान्सलाई फिल्म प्रचारको अस्तु बनाउने ट्रेन्ड फलो गर्दै फिल्म 'पर्व'मा समावेश गीत हो काले दाइ। फिल्मका निर्देशक दीनेश राउत कै शब्द रहेको गीत हिट त भयो। तर गीतको चर्चामा फिल्म पर्वको नाम जोडिएन। 'गायक गायिका र भिडियोको फिचरिङमा रहेका जोडी पनि चर्चामा रहे तर 'काले दाइ' पर्व फिल्मको गीत हो भन्ने निकै कमलाई थाहा छ', निर्देशक दीनेश राउत बताउछन्।

पहिलोपोस्टसँग कुरा गर्दै भने,'गीतको असर फिल्मको प्रचारमा धेरै पर्न पर्ने हो तर हाम्रो फिल्मको हकमा त्यस्तो भएको छैन।'

रेशम फिलिलिको पिरतीको छाता, लुट टूको ठमेल बजार, पुरानो डुङ्गाको निर जैले रिसाउने , वडा नं ६ को सुर्के थैली खै आदि गीत फिल्म प्रचारको बलियो माध्यम बनेका उदाहरण हुन्। यि सबै गीतको चर्चामा फिल्मको नाम पनि जोडियो। जसले दर्शकको फ्लो बढाउन निकै सहयोग गरेको सुर्के थैली खै? का लेखक, संगीतकार तथा गायक रहेको राजनराज सिवाकोटीको दाबी छ। भने,'गीतले नै फिल्म हिट वा फ्लप बनाउने त होइन तर दर्शक स्रोतालाई फिल्मको नाम तर्फ आकर्षित तुल्याउन केही असर गर्छ।'

फिल्मको टिजर, ट्रेलर, पोस्टर र सुटिङ रिपोर्ट सार्वजनिक हुनु अघि गीतले हाइप लिएकोले गर्दा गीतसँगै फिल्मको चर्चा नजोडिएको पर्व निर्देशक दीनेश राउतको दाबी छ। भन्छन्,'अब त ट्रेलर रिलिज भयो। जसमा माला लिम्बु र गीतमा देखिएका कोसिस क्षेत्री पनि देखिएका छन्। अब धेरैले पर्वको गीत भन्ने थाहा पाउछन् कि?'

आइतबार सार्वजनिक पर्वको अफिसियल ट्रेलर अहिले युट्युबको नेपाल ट्रेन्डिङमा नम्बर दुईमा छ। ट्रेलरले हालसम्ममा एक लाख बिस हजार बढी हिट्स बटुल्यो।



'काले दाइ' गीतमा फिचरिङमा रहेका निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको छ भने फिल्मका लागि नायक रहेका कोसिस क्षेत्रीको संगित। गीतको भिडियोमा नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन्। कोसिस क्षेत्रीकै कथामा बनेको फिल्मलाई सुवास गिरी र निकिता पौडेलले निर्माण गरेका हुन्र फिल्म आउँदो जेठ १२ बाट प्रदर्शनमा आउँदै छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell