PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रिमियर लिग : कोस्टाको दुई गोलमा चेल्सीले साउथह्याम्पटनलाई हरायो, शीर्ष स्थानमा ७ अंकको अग्रता



प्रिमियर लिग : कोस्टाको दुई गोलमा चेल्सीले साउथह्याम्पटनलाई हरायो, शीर्ष स्थानमा ७ अंकको अग्रता

शीर्ष स्थानको चेल्सीले साउथह्याम्पटनलाई हराउँदै प्रिमियर लिगमा पुन: ७ अंकको अग्रता बनाएको छ। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा डिएको कोस्टाले दुई गोल गरेपछि चेल्सीले साउथह्याम्पटनलाई ४-२ ले हराएको हो। 

पाँचौ मिनेटमै एडेन हाजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएपनि २४औं मिनेटमा साउथह्याम्पटनका ओरिएल रोमेउले बराबरी गोल फर्काएका थिए। तर ग्यारी काहिलले पहिलो हाफको इन्जुरी टाइमममा गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दलाए। कोस्टाले ५३औं र ८९औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता ४-१ मा पुर्‌याए। 

राएन बर्टाण्डले साउथह्याम्पटनका लागि इन्जुरी टाइममा एक गोल फर्काए।

जितपछि चेल्सीको ३३ खेलबाट ७८ अंक भएको छ। एक खेल कम खेलेको टोटनहम ७१ अंकका साथ दोस्रो स्थानमा छ। टोटनहमले आज क्रिस्टल प्यालेससँग उसैको मैदानमा खेल्दैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell