PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आइपीएल : वर्षाले खेल रद्ध भएपछि बैंगलोरलाई घाटा



पहिलोपोस्ट

आइपीएल : वर्षाले खेल रद्ध भएपछि बैंगलोरलाई घाटा

निरन्तर वर्षा बाधक बनेपछि आइपीएल अन्तर्गत मगलबार हुने भनिएको सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीचको खेल टस नै नभइ रद्ध भएको छ। बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा पानि परेका कारण खेल हुन नसकेको हो।

खेल नभएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन्। तर स्पष्ट २ अंकको खोजिमा रहेको दुवै टोलीले अंक बाँड्नुपर्दा बैंगलोरलाई बढी घाटा लागेको छ। 
साविक विजेता हैदरावाद ८ खेलपछि ९ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा यथावत छ। 

यता ८ खेलपछि जम्मा २ जित मात्र हात पारेको बैंगलोरको ५ अंक मात्र छ र छैटौँ स्थानमा छ। शीर्ष चारमा रहदै प्लेअफमा स्थान बनाउनका लागि बैंगलोरले अब बाँकी ६ खेल नै जित्नुपर्ने चुनौती बढेको छ। 

हैदरावादसँगको खेलअघि बैंगलोर कोलकतासँग ४९ रनमा अलआउट हुँदै ८२ रनले पराजित भएको थियो।

यस सिजनको उद्घाटन खेलमा बैंगलोर हैदरावादसँगै पराजित भएको भने दिल्ली गुजरातविरुद्ध मात्र जित हात पारेको थियो। 

यता ८ खेलबाट ६ जितका साथ १२ अंक झोडेको मुबई शीर्ष स्थानमा छ भने ७ खेलबाट १० अंक झोडेको कोलकता दोस्रो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell