PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

च्याम्पियन्स ट्रफी : आयोजक इंगल्याण्डको टोली घोषणा



पहिलोपोस्ट

च्याम्पियन्स ट्रफी : आयोजक इंगल्याण्डको टोली घोषणा

आगामी जुन १ देखि हुने च्याम्पियन्स ट्रफीका लागि इयान मोर्गनको कप्तानीमा घरेलु टोली इंगल्याण्डको टोली घोषणा भएको छ।

१५ सदस्यीय टोलीमा दुई बलर मार्क वुड र डेभिड विलीले चोटबाट मुक्त हुँदै कमब्याक गरेका छन्। 

यस्तै स्टेभ फिनको स्थानमा ज्याक बेललाई टोलीमा राखिएको छ। यस्तै गत वर्ष बगलादेश विरुद्ध डेब्यु गरेका बेन डकेट पनि टोलीमा अटाएनन्। फिन र डकेट दुवैलाई आयरल्याण्ड विरुद्ध हुने खेलका लागि भने टोलीमा समावेश गरिएको छ। 

च्याम्पियन्सका लागि इंगलिस टोली 
इयान (मोर्गन कप्तान), मोइन अली, जोनी बेइरस्टोव, ज्याक बेल, साम बिलिङ्स, जोस बटलर, एलेक्स हाल्स, लिएम प्लनकेट, अदिल रसिद, जोए रुट, ज्यासन रोए, बेन स्टोक्स, डेभिड विली, क्रिस वोक्स, मार्क वुड
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell