PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यी १९ युवतीमध्ये एक बन्नेछिन् यस वर्षको मिस नेपाल



यी १९ युवतीमध्ये एक बन्नेछिन् यस वर्षको मिस नेपाल

काठमाडौँ : मिस नेपालको २०१७ को अन्तिम प्रतिस्पर्धाका लागि १९ प्रतिस्पर्धी चयन भएका छन्। काठमाडौंसहित धरान, पोखरा, विराटनगर, बुटवल, धनगढी, चितवन र नेपालगन्ज गरी आठ सहरमा भएको क्षेत्रीय अडिसन पछि काठमाडौंमा फाइनल अडिसन भएको आयोजक द हिडन ट्रेजरले जानकारी दियो।

व्यक्तित्व, बौद्धिकता, सुन्दरता, प्रतिभा, आत्मविश्वासजस्ता विषयलाई आधार बनाएर प्रिफाइनल र फाइनलको लागि युवतीहरु छानिएको बताइयो। प्रिफाइनलका लागि आठ अडिसन क्षेत्रबाट ३० युवती छानिएका थिए। 

काठमाडौं अडिसनका लागि पूर्व मिस नेपाल माल्भिका सुब्बा, मिस नेपाल प्रतियोगिताका अफिसियल कोरियोग्राफर रचना गुरुङ शर्मा, आयोजक संस्था द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति र सुवर्ण बहादुर क्षेत्री निर्णायक थिए। त्यस्तै मोफसलका अडिशनहरुमा भने क्षेत्र अनुसार फरक निर्णायक मण्डल रहेका थिए।

जुन २ मा हुने अन्तिम प्रतियोगिताका लागि छनोट भएका १९ प्रतियोगीले ६ हप्ता लामो प्रशिक्षण पाउने आयोजकले जानकारी दिए। भने, 'सहभागिताले नै मात्र पनि धेरै कुरा सिकाउँछ। तर तालिमले व्यवहारिक ज्ञान दिन्छ, सिप विकासमा योगदान पुर्‍याउँछ।'
 
कताबाट को-को छानिए त हिडन ट्रेजर मिस नेपाल २०१७ का लागि? यस्तो छ सुची:

स्वस्तिका सिलवाल, ललितपुर
रिंकु बज्राचार्य, ललितपुर,
सहारा बस्नेत, ललितपुर,  
रोजिना श्रेष्ठ, काठमाडौं
आशिना बराल, काठमाडौं
रक्षा कार्की, काठमाडौं
प्रियङ्का खड्का, झापा 
अनिता भण्डारी, झापा
नीकिता चन्द, मोरङ 
दृष्टि कट्वाल, मोरङ 
वर्षा पोखरेल, मोरङ 
कीर्तिका गिरी, झापा
अनुसा लम्साल, धादिङ
नम्रता गुरुङ, रुपन्देही
रोजिना श्रेष्ठ, पर्सा
नीति शाह, दाङ 
उरुसा अधिकारी, चितवन
मञ्जरी सिंह, पाल्पा 
ज्ञानीमाया बराल, कास्की 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell