PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रियल मड्रिड फाउण्डेसनको ५ दिने ट्रेनिङ क्याम्प काठमाडौंमा हुने



पहिलोपोस्ट

रियल मड्रिड फाउण्डेसनको ५ दिने ट्रेनिङ क्याम्प काठमाडौंमा हुने

काठमाडौं : विश्व फुटबलको चर्चित क्लब रियल मड्रिड अन्तर्गत रियल मड्रिड फाउन्डेसनको फुटबल ट्रेनिङ क्याम्प काठमाडौंमा हुने भएको छ। 

आयोजक शुभारम्भ एजुकेशन एण्ड स्पोर्ट्स टुर्सले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी जेठ २२ देखि २६ गतेसम्म ५ दिने ट्रेनिङ क्याम्प आयोजना गर्न लागेको जानकारी गराएको हो।

चोभारस्थित मोर्डन इण्डियन स्कुलको फुटबल मैदानमा हुने उक्त ट्रेनिङ क्याम्प सञ्चालन रियल मड्रिड फाउण्डेसका दुई प्रशिक्षक नेपाल आउने शुभारम्भका म्यानेजिङ डिरेक्टर विजय कुमार खत्रीले बताए। खत्रीका अनुसार क्याम्पमा ७० देखि ८० जनासम्म सहभागि हुनेछन्।

ट्रेनिङ क्याम्पमा १८ वर्षमुनिका विद्यार्थीहरुले सहभागिता जनाउने पाउने र प्रतिव्यक्ति सहभागिता शुल्क ३५ हजार रहेको छ। 

बाहिरबाट आउने प्रशिक्षकमा ड्यानिएल लोन्डबुरा रोटेला र राफेल पलासिओस छन्। दुवैजना युइएफए बाट ए लाइसेन्स सर्टिफाइड कोच रहेको आयोजकले बताएको छ। राफेल रियल मड्रिड फाउण्डेसन सिंगापुरको असिसटेन्ट टेक्निकल डिरेक्टरका रुपमा कार्यरत छन्। 

आयोजकका अनुसार उक्त अवधिभर सहभागिलाई प्रशिक्षणका साथै खाना, यातायात र रियल मड्रिडको फुटबल किट उपलब्ध गराइने छ। 

ट्रेनिङ क्याम्पमा सहभागिमध्ये उत्कृष्ट एक जना छनौट गरी सिंगापुरमा रहेको रियल मड्रिड एकेडेमीमा थप ५ दिनको लागि नि:शुल्क प्रशिक्षण गर्ने मौका पाउने अर्गनाइजिङ कमिटीका मेम्बर नारायण बहादुर श्रेष्ठले बताए। 

श्रेष्ठ रियल मड्रिड एकेडेमी सिंगापुरसँग सम्बन्धित छन्। सिंगापुरमा रहेको फाउण्डेसनसँगको सहकार्यमै नेपालमा यो कार्यक्रम गर्न लागेको श्रेष्ठले बताए। श्रेष्ठले यस प्रकारको क्याम्पले नेपालका नयाँ प्रतिभाहरुलाई थप होसला मिल्ने बताए। 

यस्तै ट्रेनिङ क्याम्पको एडभाइजरका रुपमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले विश्वमै चर्चित फुटबल क्लबको फाउण्डेसनबाट नेपाल कोचहरु आउनु खुशीको विषय भएको बताए। 'त्यहाँका कोचहरु आउनु नेपाली स्पोर्ट्सकै लागि ठूलो कुरा हो र यस प्रोग्राम नेपालको लागि उदाहरण समेत बन्नेछ।' 

खड्काले यस खालको क्याम्पबाट नेपाली युवाहरुमा एक्सपोजर बढ्ने र बाहिर गएर खेल्न पाउनुका साथै निकट भविष्यमा युरोपमै गएर खेल्ने सम्भावना बढाएको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell