PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'भूकम्पमा मल्हमपट्टी' बजारमा



पहिलोपोस्ट

'भूकम्पमा मल्हमपट्टी' बजारमा

काठमाडौं: लेखक तथा डाक्टर रवीन्द्र समीरको एघारौं कृति 'भूकम्पमा मल्हमपट्टी' सार्वजनिक भएको छ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट भएको मानवीय, मानसिक तथा भौतिक क्षतिबाट द्रवित भएर डाक्टर समीरले भूकम्पप्रभावित १० जिल्लाका दर्जनौं गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दे ९ हजारभन्दा धेरै पीडितलाई उपचार गरेका थिए। विभिन्न विकट गाउँमा न्याना कपडा वितरण, मनोपरामर्श कार्यक्रम तथा बालबालिकालाई सरसफाइ, पोषण शिक्षा तथा स्वास्थ्यका अतिरिक्त सेवा पनि प्रदान गरेको उनको दाबी छ। त्यसै क्रममा देखेका, सुनेका, गरेका तथा भोगेका अवस्था र परिस्थितीलाई किताबको रुप दिएको उनले बताए।

कविता संग्रह बारे कलाकार हरिवंश आचार्य भने,‘भूकम्पबाट सृजित अकल्पनीय अवस्था, पीडितको संवेदनशील मनोभाव तथा परकम्पको पर्वाह नगरी भूकम्पपीडित बस्तीमा गरेको यात्राको दर्पण हो भूकम्ममा मल्हमपट्टी।’

जनस्वास्थ्य विशेषज्ञ रवीन्द्र समीर लघुकथा विधाका सशक्त हस्ताक्षर हुन् । ‘तेस्रो आँखा’, ‘पोस्टमार्टम’ , ‘विकिरण’, ‘ईश्वरका कथा’, ‘अर्जुनदृष्टि’, ‘अणु र पहाड’, ‘व्यङ्गम् शरणं गच्छामि’ र ‘एकलव्य दृष्टि’ गरी उनका ८ ओटा लघुकथासङ्ग्रह प्रकाशित छन्।

 भूकम्पमा मल्हमपट्टी फाइनप्रिन्टले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell