PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नवराज सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, प्रधानन्यायाधीशको इजलासमा सुनुवाई



नवराज सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, प्रधानन्यायाधीशको इजलासमा सुनुवाई

काठमाडौँ : डिआइजी नवराज सिलवाललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ।

अधिवक्ता पूर्णप्रसाद राजवंशीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत ८ जनालाई विपक्षी बनाइएको छ।

सो रिटको सुनुवाई प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासमा हुँदैछ।

अधिवक्ता टीकाराम भट्टराईले पहिलोपोस्टसँग कुरा गर्दै रिटमा बहस सकिसकेको र आदेश हुन बाँकी रहेको बताए।

बन्दी प्रत्यक्षीकरणको रिट परे पनि प्रहरीले भने उनलाई बन्दी नबनाइएको बताएको छ। प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने ‘सिलवाललाई पक्राउ गरिएको हैन। स्पष्टिकरणको प्रक्रियाका लागि कानुनी व्यवसायीसँग हेडक्वार्टर आउनुभएको हो।’

डिआइजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएर कार्यसम्पादन मूल्याङ्कन फाइल किर्ते गरेकोबारे छानबिन गर्न गठित समितिसमक्ष आज पुर्‍याएको थियो।

सिलवाल काठमाडौं प्रहरी प्रमुखको गाडीमा हेडक्वार्टर पुगेका हुन्। वरिष्ठ अधिवक्ता शम्भु थापालाई लिएर स्पष्टिकरणको कानुनी प्रक्रिया लगायतबारे बुझ्न उनी सोमबार बिहान प्रहरी हेडक्वार्टर पुगेको प्रहरी प्रवक्ता खनालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell