PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एल क्लासिको : मेसीको दुई गोलमा बार्सिलोनाको जित, रामोसलाई रातो कार्ड



पहिलोपोस्ट

एल क्लासिको : मेसीको दुई गोलमा बार्सिलोनाको जित, रामोसलाई रातो कार्ड

लियोनल मेसीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि स्पानिस ला लिगाअन्तर्गत बहुचर्चित एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ३-२ ले पराजित गरेको छ। 

निकै उतारचढाप पूर्ण खेलमा बार्सिलोनालाई ३ अंक दिलाउन लियोनल मेसीले २ गोल गरे। १ गोलले पछि परेको अवस्थामा बार्सिलोनाका लागि मेसीले नै बराबरी गोल फर्काएका थिए।

जितपछि ३३ खेलबाट रियल समान ७५ अंक जोडेको बार्सिलोना अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ भने उपाधि होड कायमै राखेको छ। यद्यपी रियलले बार्सिलोना भन्दा एक खेल कम खेलेको छ।

पराजित रियल मड्रिडका कप्तान सर्गियो रामेसले ७७ औं मिनेटमा रातो कार्डको सामना गरेपछि रियल दश खेलाडीमा झरेको थियो।

घरेलु मैदान सान्टियागो वर्नावेउमा भएको खेलको २८औं मिनेटमा कासेमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। कप्तान रामोसले हानेको बल पोलमा लागेर फर्केपछि कासेमिरोले सजिलै गोल गरेका हुन्। तर त्यसको पाँच मिनेटपछि नै बार्सिलोनाका मेसीले राकिटिकको पासमा व्यक्तिगत पहिलो गोल गर्दै खेल बराबरी गरे। 

७३औं मिनेटमा इभान राकिटिकले डि एरिया बाहिरबाट गोल गरेपछि घरेलु टोली रियल २-१ ले पछि परेको थियो। त्यसको चार मिनेट पछि नै मेसीलाई फल गरेपछि कप्तान रामोसले रातो कार्ड बेहोरेपछि रियललाई अर्को झड्का लागेको थियो।

एक खेलाडी कम हुनका बावजुत पनि रियलका वैकल्पिक खेलाडी जेम्स रोड्रिगेजले मार्सलोको पासमा खेल सकिन चार मिनेट अगाडी गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‌याएका थिए।

तर इन्जुरी टाइमको दोस्रो मिनेटमा जोर्दी अल्वाको पासमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले महतव्पूर्ण ३ अंक जोडेको हो। 
दुवै टोलीले खेलमा गोल गर्ने अरु मौका सिर्जना गरेपनि दुवै गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए।

मेसीको पाँच सय गोल
रियल विरुद्ध २ गोल गरेसँगै बार्सिलोनाको लागि मेसीको अफिसिएल गोल संख्या ५ सय पुगेको छ। रियलसँग खेल्नु अघि मेसीले सबैखाले प्रतियोगितामा गरेर बार्सिलोनको लागि ४९८ गोल गरेका थिए। दुई गोल गर्दै उनले ५ सयौँ गोलको कोसेढुङ्गा पुरा गरेका हुन्। 

यस्तै ला लिगामा यस सिजन मेसीको गोल संख्या ३१ पुगेको छ।

यता ला लिगा अन्तर्गत एल क्लासिकोमा मेसीले अलफ्रे डे स्टेफानोलाई पछि पार्दै सर्वािधक गोलकर्ता बनेका छन्। मेसीको १६ गोल भएको छ भने स्टेफानोको १४ गोल छ। सबै खाले एल क्लासिकोमा भने मेसी २३ गोलका साथ पहिलो स्थानमा छन्।

ग्रिजमनको निर्णायक गोल
एल क्लासिको हुनुअघि एन्टोनी ग्रिजमनको एक मात्र गोलको मद्दतमा एथ्लेटिको मड्रिडले स्पानयोलाई १-० ले पराजित गरेको थियो। जितपछि ३३ खेलबाट ६८ अंक जोडेको एथ्लेटिको सेभियालाई पछि पार्दै पुन: तेस्रो स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell