PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु, बाजुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु



पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु, बाजुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु

पाल्पाः पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाको झुम्सा दोभानमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेहरुमा पाल्पा जिल्ला तिनाउ गाउँपालिका मधुवन ६ का २६ वर्षीय पुरुन शारु, २४ वर्षीया बालकुमारी शारु, ५ वर्षीय हेमेस शारु र प्रेम बहादुर गाँ रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको  छ। 

बुटवलबाट चुनढुङगा लिन गएको लु १ ख ९०३१ नम्बरको टिपर सडकबाट करिब दुई समय मिटर तल खसेको थियो। 

भौगोलिक अवस्था र गाडीको यान्त्रिक गडबडीको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उता, बाजुराको मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको से १ ज ६३९ नं को जिप आज दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी गौमुल गाउँपालिका–६ का लाली रोकाया र वडा नं ४ मानोकोटका १६ वर्षीय रकेट रोकायाको मृत्यु भएको भएको स्थानीयले बताएका छन्। 

जिप दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेहरुको मार्तडीमा उपचार भइरहेको छ । मार्तडीबाट यात्रु लिएर घटमुना जाँदै गर्दा उक्त जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीलाई उद्‍धृत गर्दै राससले जनाएको छ। 

शनिबार मुस्ताङमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो।   



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell