PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

भोलि लोकतन्त्र दिवसमा सार्वजनिक विदा छैन



भोलि लोकतन्त्र दिवसमा सार्वजनिक विदा छैन

काठमाडौँ : वैशाख ११ गतेलाई यसअघि लोकतन्त्र दिवसका रुपमा मनाउँदै आएको भए पनि यो दिन दिइने सार्वजनिक विदा पोहोरदेखि कटौति गरिएको छ। 

भोलि वैशाख ११ गते पनि सरकारले सार्वजनिक विदा तोकेको छैन। 

माओवादी र सात दलको आन्दोलनका बीच २०६३ सालको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गर्ने घोषणा गरेको दिनलाई दलहरुले लोकतन्त्र दिवसका रुपमा मनाउँदै आएका थिए। २०७२ सालसम्म सरकारले यो दिन सार्वजनिक विदा घोषणा गर्दै आएको थियो।

२०७२ सालसम्म लोकतन्त्र दिवसमा विदा दिइएको थियो। 

पोहोरदेखि लोकतन्त्र दिवसको विदा कटौति गरिएको हो। पोहोर अर्थात् २०७३ सालमा वैशाख ११ गते शनिबार परेको थियो।  

संविधान सभाको पहिलो बैठकले राजतन्त्र खारेज गरेको जेठ १५ गतेको दिन भने गणतन्त्र दिवसको रुपमा सार्वजनिक विदा कायम छ। बाबुराम भट्टराई नेतृत्वको सरकारले खारेज गरेको फागुन ७ गतेको प्रजातन्त्र दिवसको विदा भने पुनर्स्थापित भएको छ। 


 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell