PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

बालुवाटारमा ब्रेकथ्रु : दुई चरणमा निर्वाचन, संविधान संशोधन प्रस्ताव परिमार्जन, मोर्चाको आन्दोलन स्थगन



मनोज सत्याल

बालुवाटारमा ब्रेकथ्रु : दुई चरणमा निर्वाचन, संविधान संशोधन प्रस्ताव परिमार्जन, मोर्चाको आन्दोलन स्थगन

काठमाडौँ : सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच हिजोदेखि भइरहेको वार्तामा 'ब्रेकथ्रु' भएको नेताहरुले बताएका छन्। 

वार्तामा सहभागी कांग्रेस नेता तथा मन्त्री रमेश लेखकका अनुसार दुई चरणमा निर्वाचन गर्ने सहमति भएको छ। वैशाख ३१ गतेका लागि तोकिएको दिन निर्वाचन हुनेछ भने केही ठाउँमा जेठमा अर्को मितिमा निर्वाचन हुनेछ। 

जेठमा हुने निर्वाचनको मिति भने निर्वाचन आयोगको सहमतिमा तोकिने उनले जानकारी दिए। 

त्यसैगरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन परिमार्जन गर्ने पनि सहमति भएको छ। यसबारे गृहकार्य सरकारले भोलि गर्नेछ। 

योसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरिरहेको आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने पनि सहमति भएको उनले बताए। 

संविधान संशोधन प्रस्ताव परिमार्जनका विषयमा भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ। त्यसैगरी मोर्चाले भोलि नै संघीय गठबन्धनसहित बैठक बसी वैशाख ३ देखि घोषणा गरिएको निर्वाचन बिथोल्ने कार्यक्रमसहितको आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको घोषणा गर्नेछ। 

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्ले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास गर्ने बित्तिकै आफूहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिई निर्वाचनमा जाने बताए। 

दोस्रो चरणको निर्वाचन जेठको अन्तिम साता हुने सहमति भएको कांग्रेस नेता कृष्ण सिटौलाले बताए। । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell