PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सनथ जयसूर्यासहित श्रीलंकन स्टारको नेपाली टोलीसँग क्रिकेट सिरिज स्थगित



सनथ जयसूर्यासहित श्रीलंकन स्टारको नेपाली टोलीसँग क्रिकेट सिरिज स्थगित

काठमाडौँ : श्रीलंकाका पूर्व स्टार सनथ जयासूर्या, वर्तमान टेष्ट टीमका खेलाडीहरु रंगना हेराथ उपूल थंरगा, सचित्रा सेनानायके लागयतका खेलाडीहरु नेपालमा क्रिकेट खेल्न आउने भनी गरिएको प्रचार खेर गएको छ। 

नेपाल र श्रीलंकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवको अवसर पारेर  कीर्तिपुरस्थित त्रिवि मैदानमा अप्रिल २५ देखि मे १ सम्म हुने टी-२० सिरिजका लागि श्रीलंकन वर्तमान टोलीका खेलाडीसँगै भेट्रान खेलाडीहरु समेत नेपाल आउने भन्दै महँगोमा टिकट बिक्रीसमेत गरिएको थियो।

तर खेल हुन केही दिन बाँकी रहँदा आयोजक पेरिविंकल सर्भिसले  विज्ञप्ति निकाल्दै खेल अनिश्चित कालको लागि स्थगित गरिएको बताएको छ। 

नेपालको राष्ट्रिय खेलाडीहरु सम्मिलित गोर्खा राइनोज र श्रीलंकन खेलाडीको टीम लंकन लायन्सबीच अप्रिल २७, अप्रिल २९ र मे १ मा तीन खेल हुने कार्यक्रम थियो।


पेरिविंकल सर्भिसका कार्यकारी प्रमुख दीपेश घलेले वर्तमान राजनीतिक अवस्थाका कारण खेल रद्द गर्नुपरेको जनाउँदै टिकट खरिद गरिसकेकाहरुले खरिद गरेकै काउन्टर वा कम्पनीबाट रकम फिर्ता पाउने जानकारी गराएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell