PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुक्तिनाथ दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको बस दुर्घटना, पाँच जनाको मृत्यु



मुक्तिनाथ दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ : मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कँदै गरेको बस कागबेनीमा दुर्घटना हुँदा पाँच जना यात्रुको मृत्यु भएको छ। 

ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा बसले च्यापिएर दुई महिला र तीन पुरुष यात्रुको मृत्यु भएको मुस्ताङका डिएसपी हरिहरनाथ योगीले बताए।

मृत्यु हुने मध्ये भक्तपुरकी लक्ष्मी खड्काको मात्र यो समाचार तयार पार्दासम्म सनाखत भएको छ। 

बसका १२ यात्रु सिकिस्त घाइते छन्। उनीहरुलाई उपचारका लागि पोखरा पठाइँदैछ। 

काठमाडौंबाट रिजर्भ गरेर गएको बस मुक्तिनाथ दर्शनपछि फर्कँदै गर्दा दुर्घटना भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell