PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पारसको टिम चौराह धनगढी डीपिएलको च्याम्पियन



पहिलोपोस्ट

पारसको टिम चौराह धनगढी डीपिएलको च्याम्पियन
फोटो : क्रिकेटिङ नेपाल

धनगढी : ब्याटिङमा शानदार कमब्याक, आरिफ शेखको अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा घरेलु टोली चौराह टिम धनगढीले विराटनगर किंग्सलाई पराजित गर्दै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको उपाधि जितेको छ। 

शनिबार धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा पारस खड्काको चौराहले शरद भेषावकरको विराटनगरलाई ६२ रनले पराजित गर्दै सर्वाधिक नगद पुरस्कार राशीको डिपिएल च्याम्पियन बनेको छ। उपाधिसँगै चौराहले नगद १५ लाख र ट्रफी हात पार्‌यो।

लिगमा लगातार ३ खेल हारेको चौराह फिल्मी शैलीमा च्याम्पियन बन्ने क्रमम त्यसपछिका लगातार ५ खेल जित्यो।

प्रतियोगितामा खराब सुरुवात गरेको चौराहले फाइनलमा पनि टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरुवात गरेको थियो। तर मिडल अर्डरका ब्याट्सम्यानद्ये उत्कृष्ट पुनरागमन गर्दै आक्रामक इनिङ्स खेलेपछि चौराहले निर्धारित २० ओरभमा ५ विकेट गुमाएर १६० रनको च्यालेन्जिङ स्कोर खडा गर्‌यो। 

ओपनरद्यव राजु रिजाल (०) तथा अनिल मण्डल (२) रनमा आउट भएपनि त्यसपछिका ब्याट्सम्यानले चौराहको इनिङ्स सम्हाले। तेस्रो नम्वरमा ब्याटिङ गरेका पृथु बास्कोटा १४ रन बनाएर आउट भए। 

कुनै समय ९.२ ओभरमा ३७/३ को अवस्थामा रहेको चौराहका लागि आरिफ शेखले सर्वाधिक ५४ रन बनाए।  

२९ रनमा प्रकाश विष्टको बलिङमा सुशिल कँडेलद्वारा क्याचआउट हुनुअघि पारसले चौथो विकेटका लागि आरिफ शेखसँग ४४ रनको महत्वपूर्ण साझेदारी। जुन साझेदारी चौराहको लागि स्कोर उकास्न महत्पवूर्ण रह्यो। 

त्यसपछि आरिफ र अमरसिंह राउटेलाले आक्रँमक ब्याटिङ गर्दै पाँचौ विकेटका लागि २४ बलमै ६३ रनको साझेदारी गरे। आरिफले ३० बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै जारी प्रतियोगितामा व्यक्तिगत दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। 

अमरले १५ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा नटआउट ३१ रन बनाए भने शौरभ खनालले ५ बलमा नटआउट १४ रन जोडे।
बलिङमा विराटनगरका सुशिल कँडेलले २ तथा जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकारश विष्टले १-१ विकेट लिए।

विराटनगरको पनि सुरुवात राम्रो हुन सकेन। जसले गर्दा ठूलो लक्ष्इ पछ्याउने क्रममा नियमित अन्तरमा विराटनगरको विकेट पतन भयो। विराटनगर १८.१ ओभरमा ९७ रनमै अलआउट भयो।  उसका प्रनित थापा मगरले बनाएको २७ नै विराटनगरको इनिङ्समा कुनै खेलाडीले बनाएको सर्वाधिक स्कोर रह्यो। 

यस्तै ओपनर अमित श्रेष्ठले २६ तथा अनिल शाह र दीपेन्द्र सिंह ऐरीले समान १३ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा चौराहका लागि सुशन भारीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका भारीले १ मेडन राख्दै १८ रन मात्र खर्चे। यस्तै शौरभ खनालले २ विकेट लिए।





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell