PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

लोक गायक विष्णु खत्री गलकोट नगरपालिकाको मेयरमा सिफारिश



लोक गायक विष्णु खत्री गलकोट नगरपालिकाको मेयरमा सिफारिश

बागलुङ : नेपाली लोक सङ्गीत क्षेत्रका चर्चित गायक विष्णु खत्रीलाई नेकपा (माओवादी केन्द्र) ले जिल्लाको गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा सिफारिस गरेको छ । 

केन्द्रको गलकोट नगर समितिको बैठकले खत्रीसँगै पोलिटब्यूरो सदस्य फमलाल न्यूरे, केन्द्रीय सदस्य ज्ञामनाथ गैरे र तिलक उप्रेतीलाई उम्मदेवारमा सिफारिस गरेको हो। 

उम्मदेवारको अन्तिम टुङ्गो भने केन्द्रको– ४ नं प्रदेश समितिले लगाउने जनाइएको छ। गायक खत्री केन्द्रको गलकोट नगर समिति सदस्यसमेत हुन्। उप–प्रमुख पदमा भने जिल्ला सदस्य ललिता थापालाई सर्वसम्मत उम्मदेवारको रुपमा सिफारिस गरिएको नगर समितिका उपाध्यक्ष गङ्गा भुजेलले जानकारी दिए। 

‘सम्भावित उम्मदेवारको सूची प्रदेश समितिमा सिफारिस गरेका छौं’ उपाध्यक्ष भुजेलले भन्नुभयो “उम्मदेवारको अन्तिम टुङ्गो प्रदेश समितिले लगाउनेछ ।” केन्द्रले गलकोट नगर क्षेत्रमा आफ्नो चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell