PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सिन्धुलीमा सुमो दुर्घटना, दुई जनाको मृत्यु सात घाइते



पहिलोपोस्ट

सिन्धुली : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको पिपलभञ्ज्याङमा सुमो गाडी दुर्घटना हँुदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ। 

काठमाडाै‌बाट बर्दिबासतर्फ जाँदै गरेको ना १ ज ५४४४ नंको सुमो गाडी बुधबार साँझ दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृत्यु हुनेमा जयकुमार यादव र सरोज मण्डल रहेका छन्। उनीहरुको ठेगाना भने खुल्न सकेको छैन। 

दुर्घटनामा धनुषा बलबखर–१ निवासी १९ वर्षीय जितनारायण यादव, सोही ठाउँकै ४० वर्षीय आश्विन यादव, सोही ठाउँकै २० वर्षीय सुरेन्द्र राय यादव र बलबखर–८ निवासी राकेश यादव घाइते भएका छन्। गम्भीर घाइते धनुषाकै सपही–२ निवासी २२ वर्षीय रामवरण मण्डलको बीर अस्पताल, काठमाडौँमा उपचार भइरहेको छ। 

अन्य चारजनाको भने सिन्धुली अस्पतालमा उपचार भइरहेको, तीनजनाको घटनास्थलबाट उद्धार गरी बर्दिवासतर्फ उपचारका लागि पठाइएको छ। उनीहरु वैदेशिक रोजगारीका लागि काठमाडौँतर्फ गएकामा उडान नभएपछि धनुषातर्फ फर्कन लागेका थिए। 

दुर्घटनामा घाइते भएका केहीलाई सिन्धुली अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब निरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए। 

घटनास्थलमा नै ज्यान गुमाएका दुईजना पुरुषको टिकटका आधारमा नाम खुलेपनि ठेगाना खुल्न नसकेको बोहोराले जानकारी दिए। उनका अनुसार सुमो घुम्तीबाट करिब तीनसय मिटर तल खसेको छ। 

रातु कमलामाई यातायात सेवा समितिको सो सुमो गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell