PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डीपिएल तेस्रो दिनको खेल, १० फोटोमा

डीपिएल तेस्रो दिनको खेल, १० फोटोमा


सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलको तेस्रो दिन बुधबार पनि दुई खेलहरु भए। 

पहिलो खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको सिवाइसी अत्तरियालाई ४२ रनले हरायो भने दोस्रो खेलमा बसन्न रेग्मीको काठमाठौं गोल्डेन्सले शरद भेषावकरको विराटनगर किंग्सलाई ८६ रनले पराजित गर्यो।

दुवै खेलमा पहिले ब्याटिङ गर्ने टिमले जित हात पारे। अहिलेसम्म भएका ६ वटै खेल पहिले ब्याटिङ गर्ने टिमले नै जितेका छन्। 

डीपिएलको तेस्रो दिन क्रिकेटिङ नेपालका कौशल अधिकारीले खिचेका फोटोहरु:
 
रुपन्देही विरुद्ध ब्याटिङ गर्दै अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्ल
अत्तरियाका प्रदिप एेरीलाई रनआउट प्रयास गर्दै रुपन्देहीका शहाब आलम
शहाब आलम विकेट लिएपछि खुशी मनाउँदै
शहाब आलम बलिङ गर्दै
म्यान अफ दी म्याच शहाब आलम
काठमाडौं गोल्डेन्सका सुमित महर्जन विराटनगर किग्स विरुद्ध ब्याटिङ गर्दै
सुमित महर्जन र सोमपाल कामी रन लिदै
सोमपाल कामी
सुमित महर्जन
म्यान अफ दी म्याच सुमित महर्जन


ट्रेन्डिङ पोस्ट

Ncell