PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

महानगरले एमबिए पढ्ने विद्यार्थीमार्फत कर अभियान चलाउने



पहिलोपोस्ट

महानगरले एमबिए पढ्ने विद्यार्थीमार्फत कर अभियान चलाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यवस्थापनका विद्यार्थी परिचालन गरी कर अभियान सञ्चालन गर्ने भएको छ। महानगरका नवनियुक्त कार्यकारी प्रमुख ईश्वरराज पौडेलले तीन महिनाभित्र अभियान सुरु गरी निरन्तरता दिने बताए।

महानगर भित्रका सरकारी कलेजमा एमबिए र एमबिएस पढ्दै गरेका मार्फत कर उठाउन सकिने नयाँ क्षेत्र पहिचान एवं सबैलाई कर तिर्न प्रेरित गर्ने अभियान चलाउने उनको भनाइ छ।

बिहानी सिफ्टमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीलाई दिउँसो एक बजेबाट अभियानमा काम गर्ने गरी कलेजसँग सम्झौता गर्ने महानगरको तयारी छ।

पहिलो चरणमा विद्यार्थीलाई कर स्वयंसेवक नाम दिएर कर उठ्न सक्ने सम्भावित क्षेत्रबारे अध्ययन गर्न लगाउने पौडेलले जानकारी दिए। यसो गर्दा महानगरपालिकामा उठ्ने एवं उठाउन सकिने करको विस्तृत तथ्यांकसमेत लिन सकिने उनको विश्वास छ।

‘दोस्रो चरणमा करमा आबद्ध नभएकालाई पहिचान गर्ने र कर तिर्न लागि एसएमएस तथा पत्रमार्फत जानकारी दिने भएको छ, उनले भने। यसरी पनि नआउनेलाई घर-घरमा पुगेर कर तिर्न अनुरोध गर्ने उनले जानकारी दिए।

कर स्वयं सेवकलाई कलेजसँगको सम्झौताअनुसार कोठाभाडा र पढाइमा लाग्ने खर्च महानगरले दिनेछ। केही कलेजसँग कुरासमेत अघि बढेको पौडेलले बताए।

कर स्वयंसेवक छान्दा पिछडिएका गाँउबाट आएका एवं आर्थिक रुपले पछि परेकालाई प्राथमिकतामा राखिने जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell