PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अन्तत: नेपाल प्रहरीले पायो नयाँ आइजीपी : 'बाजिगर' बने अर्याल



सविन ढकाल

अन्तत: नेपाल प्रहरीले पायो नयाँ आइजीपी : 'बाजिगर' बने अर्याल

काठमाडौँ : अन्तत: नेपाल प्रहरीले नयाँ प्रमुख पाएको छ। 

२०४४ चैतमा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका डिआईजी प्रकाश अर्याल नेपाल प्रहरीको २५ औं महानिरीक्षक बनेका छन्।

मन्त्रिपरिषद्को बैठकले चार वर्षको कार्यसम्पादन मूल्याङ्कन हिसाब किताब गरी अर्याललाई आइजीपी बनाएको हो। मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले प्रधानमन्त्री कार्यालयका सचिव, गृह सचिव र कानुन सचिव रहेको समिति बनाएको थियो। जसले कार्यसम्पादन मूल्याङ्कनमा प्राप्त नम्बरहरुको गणना गरेको थियो।

यसअघि मन्त्रिपरिषद्ले डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजीपी नियुक्त गर्ने फागुन २ गते गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको थियो। सर्वोच्चले अर्का डिआईजी नवराज सिलवाल वरिष्ठ रहेको र कार्यसम्पादनमा पनि अगाडि रहेको उल्लेख गर्दै उनको 'वैध अपेक्षा' पूरा गर्न परमादेश जारी गरेको थियो। 

तर आइजीपी नियुक्तीको चर्चाका क्रममा तेश्रो स्थानमा रहेका अर्यालले बाजी मारेका हुन्। अर्यालले हिन्दी चलचित्र 'बाजिगर'मा शाहरुख खानले बीस बर्ष अगाडि भनेको डाइलग – 'हारकर जित्ने वालो को बाजिगर कहेँते है' भन्ने डाइलग पुष्टि गरेका छन्।  

आइजीपीमा सरकारले चन्दलाई नियुक्ती गरे लगत्तै सिलवाल अदालत पुगेका थिए। लगत्तै अर्याल पनि अदालत पुगेका थिए। तर उनले आफू झगडिया रहेको नदेखाउन पछि पुरक निवदेन दिएर मुद्दा फिर्ता लिएका थिए।  

के के भएको थियो?

मन्त्रिपरिषद्को फागुन १ गते बिहान बसेको बैठकले चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। त्यसको केही घण्टामा नै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले अधिवक्ता कपिलदेव ढकालले दर्ता गरेको रिटमा सुनुवाई गर्दै सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरकालीन आदेश दिएको थियो।

लामो समयको बहस पछि चन्दको नियुक्ति खारेज गर्दै नयाँ प्रकृयाबाट आइजीपी नियुक्त गर्न सरकारलाई अदालतले परमादेश जारी गरेको थियो। 

को हुन् अर्याल?
२०२० असार १४ गते लोकराज अर्यालको पुत्रका अर्याल दाङको त्रिभुवन नगरपालिकामा जन्मिएका हुन्। 

अर्यालले गाउँकै स्थानीय स्कुलबाट नै २०३५ साल चैतमा एसएसलसी पास गरे। स्कुले जिवनमा नै अर्याल हक्की स्वभावका थिए। 

उनले मानविकी तथा समाजशास्त्रमा प्रवीणता उतिर्ण, अर्थशास्त्रमा स्नातक, व्यापार प्रशासनमा एमबिए गरेका छन्। अर्याल २०४४ साल चैत २९ गते नेपाल प्रहरीको निरिक्षकबाट प्रहरीमा प्रवेश गरेका हुन्। 

निरिक्षकको तालिम सकिएपछि २०४६ साल बैशाख २९ गतेबाट उनले अपराध अनुसन्धान विभागबाट आफ्नो जिम्मेवारी शुरु गरेका थिए। त्यस्तै अर्याल अहिलेपनि अनुसन्धान क्षेत्रमा निकै अम्बल प्रहरीको रुपमा लिइन्छ। 

अर्याल २०५२ पौस ३० गते प्रहरी निरिक्षकबाट प्रहरी नायव उपरिक्षकमा बढुवा भए। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यलय तेह्रथुमको जिम्मेवारी सुम्पियो। उनले लागुआषध नियन्त्रण ब्युरो, त्रिभुवन विमानस्थल लगायतका क्षेत्रमा सुरक्षाको अनुभव सगांलेका छन्। अर्याललाई सरकारले २०६१ चैत १ गते एसपिमा बढुवा गरेको थियो। 

एसपी भएका समयमा नै उनले २०६३ साउनमा संयुत्त राष्ट्र संघ मिसन सुडानमा जाने अवसर पाए। २०६६ साल कातिकमा एसएपीमा बढुवा भए। २०६९ पुस ४ गते उनी आइजीपी प्रतिष्पर्धी जयबहादुर चन्द, नवराज सिलवाल र बमबहादुर भण्डारी सँगै डीआइजीमा बढुवा भएका थिए। 
डिआइजी बढुवा भए सगै केन्द्रिय अनुसन्धान ब्युरोको जिम्मेवारी सम्हालेका थिए। 

ब्युरोमा रहाँदा कोटेश्वरमा पक्राउ गरेको अवैध ३५ केजी सुनको सरकारी कमिसनको काण्डमा उनि मुछिए। उनको प्रहरी भित्रको छविलाई यस काण्डले केही धमिलो समेत बनायो। 

अर्याललाई २०५५ सालमा नै दुई पटक विभागिय कारवाहीमा परेका थिए। प्रहरी प्रधान कार्यालय नक्सालले नगदसहित कारवाही गरेको थियो। त्यस्तै २०५५ साल मंसरिमा कार्यालयले सचेत गराई छोडेको थियो। 

पुरस्कार र तालिम
अर्यालले अहिलेसम्म विभिन्न राष्ट्रिय र नगद गरेर १४ वटा पुरस्कार प्राप्त गरेका छन्। उनले २०५९ असार २३ मा  गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए। अर्यालले दुर्गम सेवा पदक, प्रहरी सेवा पदक, २०५३ सालमा गद्धि आरोहण रजत पदक, संयुत्त राष्ट्रसंघ पदक प्राप्त गरेका छन्।

अर्यालले २०५९ साल बैशाखमा संयुत्त राज्य अमेरिकामा मेजर केश मेनजेमेन्ट कोर्स गरेका छन्। त्यस्तै २०५६ सालमा भारतमा भएको प्रतिआतंकवाद तथा विशिष्ट ब्यक्ति कमाण्डो तालिम लिएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell