PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

माइनस ३१ डिग्री तापक्रममा ४२ किमिको म्याराथन, नेपाली धावक दोस्रो र तेस्रो



माइनस ३१ डिग्री तापक्रममा ४२ किमिको म्याराथन, नेपाली धावक दोस्रो र तेस्रो
भिम गुरुङ र समिर तामाङ, फोटो : समिर तामाङको फेसबुकबाट

विश्वकै सबैभन्दा चिसो स्थानमा भएको म्याराथनमा नेपाली धावकहरुले दोस्रो र तेस्रो स्थान हात पार्न सफल भएका छन्।

नर्वेमा आइतबार भएको नर्थ पोल म्याराथनमा नेपाली धावक भीमबहादुर गुरुङ दोस्रो र समिर तामाङ तेस्रो भएका हुन्।

दोस्रो भएका भीमले ४ घन्टा १८ मिनेट ५० सेकेन्ड तथा समिरले ४ घन्टा ३१ मिनेट २३ सेकेन्डमा दौड पुरा गरे। पोल्यान्डका पियोट सुचेनिअ ४ घन्टा ६ मिनेट ३४ सेकेन्डका साथ पहिलो भए। 

कूल ५५ धावकले दौडेको म्याराथनमा पुरुषतर्फ ३८ धावकले म्यारथन पूरा गरे भने महिलातर्फ १३ जनाले पूरा गरिन्।

महिलातर्फ फ्रान्सकी फेडेरिक लउरेन्ट ६ घण्टा २१ मिनेट ३ सेकेण्डका साथ पहिलो भए।

गिनिज वर्ल्ड रेकर्डले नर्थ पोल म्याराथनलाई 'नर्थनमोस्ट म्याराथन अन नर्थ'को मनान्यता दिएको छ।

४२.१९५ किलोमिटर दुरी रहेको म्याराथन -३१ डिग्री तापक्रममा सञ्चालन भएको थियो।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell